- एनएमबि बैंकले सुर्खेतको भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सहायक सामाग्रीहरू वितरण गरेको छ।
- कार्यक्रम सामाजिक विकास मन्त्रालय, करुणा फाउन्डेसन र राष्ट्रिय अपाङ्ग महासङ्घसँगको सहकार्यमा सम्पन्न भएको हो।
- बैंकले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्दै समावेशी विकासप्रतिको प्रतिबद्धता आफूले आत्मसात् गरेको जनाएको छ।
काठमाडौँ- एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सहायक सामाग्रीहरू वितरण गरेको छ ।
“अपाङ्गता रूपान्तरण तथा पुनर्स्थापना साझेदारी कार्यक्रम” अन्तर्गत आयोजित यस कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन र हिँडडुलमा सहजता ल्याउन ह्विलचेयर, एल्बो क्रचेस लगायतका सामग्रीहरू प्रदान गरिएको हो।
यो कार्यक्रम सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउन्डेसन, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र एनएमबि बैंकको सहकार्यमा सम्पन्न भएको हो । बैंकले यस मानवीय कार्यका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । समावेशी विकास र समुदायप्रतिको आफ्नो प्रतिबद्धतालाई आत्मसात् गर्दै बैंकले यो सहयोग गरेको जनाएको छ ।
भेरिगङ्गा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा नगर उपप्रमुख अनसरा बोहरा, एनएमबि बैंकका लुम्बिनी प्रदेश एरिया म्यानेजर रमेश रेग्मी, सुर्खेत शाखा प्रबन्धक सुमन सुबेदी, सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्का र करुणा फाउन्डेसनका दीपकप्रसाद सापकोटाको समेत सहभागिता रहेको थियो।
विगतमा ‘बैंक अफ द इयर’ बाट समेत सम्मानित भइसकेको एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १८४ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।