जर्मन होम्स होटलमा ‘हाट बजार तथा फूड मेला २.०’ आयोजना हुँदै, ३५० रुपैयाँमै शनिबारको ब्रन्च बुफे

जर्मन होम्स होटलमा ‘हाट बजार तथा फूड मेला २.०’ आयोजना हुँदै, ३५० रुपैयाँमै शनिबारको ब्रन्च बुफे
+
-
देशसञ्चार AI सारांश
  • भक्तपुरको जर्मन होम्स होटलमा बिहीबारदेखि संस्कृति, स्वाद र समुदायलाई एकसाथ ल्याउने ‘हाट बजार तथा फूड मेला २.०’ आयोजना हुँदैछ।

  • शनिबार मात्र ३५० रुपैयाँमा उपलब्ध ‘ब्रन्च बुफे’ र परिवारसँग रमाइलो गर्ने वातावरण मेलाको मुख्य आकर्षण हो।

  • मेलामा हस्तकलाका सामान, फेसन सामग्री र विभिन्न स्टार्टअपका स्टलहरूले आगन्तुकलाई किनमेल र मनोरञ्जनको अनुभव दिनेछन्।

भक्तपुर- भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा आगामी बिहीबारदेखि तीन दिने भव्य ‘हाट बजार तथा फूड मेला २.०’ आयोजना हुने भएको छ।

चैत १२, १३ र १४ गते चल्ने यस मेलाले स्थानीय संस्कृति, स्वाद, सिर्जनशीलता र समुदायलाई एउटै छानामुनि जोड्ने लक्ष्य राखेको छ। ग्राहकहरूको निकै प्रतीक्षापछि ल्याइएको यो दोस्रो संस्करणमा परम्परा र आधुनिकताको अनुपम संगम देख्न पाइने आयोजकले जनाएको छ।

यस मेलाको मुख्य आकर्षणका रूपमा शनिबार मात्र ३५० रुपैयाँमा ‘ब्रन्च बुफे’ को व्यवस्था गरिएको छ। घरको खानाभन्दा बाहिरको खुल्ला वातावरणमा पारिवारिक रमाइलो खोज्नेहरूका लागि यो मेला एउटा उत्कृष्ट गन्तव्य बन्ने विश्वास लिइएको छ।

मेलामा हस्तकलाका सामान, पछिल्लो फेसनका सामग्री, अर्गानिक स्थानीय उत्पादन र नयाँ स्टार्टअपहरूका विभिन्न स्टलहरू रहनेछन्, जसले गर्दा आगन्तुकहरूले एउटै थलोमा किनमेल र मनोरञ्जनको अनुभव लिन सक्नेछन्।

खाद्य प्रेमीहरूका लागि मेलामा स्थानीय नेवारी स्वाददेखि अन्तर्राष्ट्रिय परिकारहरूसम्मको विविधता उपलब्ध हुनेछ। स्ट्रिट फूड, गउरमेट बाइट्स र विभिन्न गुलिया परिकारहरूको स्वाद लिँदै युरोपेली वास्तुकलामा आधारित होटलको सुन्दर परिसरमा फोटो खिचेर अविस्मरणीय सम्झना बनाउन सकिनेछ।

“घरमा मात्र होइन, बाहिर निस्किएर रमाइलो गरौँ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो मेला बिहानदेखि साँझसम्म चल्नेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?