इरानद्वारा अमेरिकी शान्ति प्रस्ताव अस्वीकार, युद्ध अन्त्यका लागि पाँच सर्त

इरानद्वारा अमेरिकी शान्ति प्रस्ताव अस्वीकार, युद्ध अन्त्यका लागि पाँच सर्त
+
-

काठमाडौँ-  इरानले संयुक्त राज्य अमेरिकाले अघि सारेको शान्ति प्रस्तावलाई अव्यवहारिक भन्दै अस्वीकार गरेको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार एक सरकारी अधिकारीले वर्तमान युद्ध अन्त्य गर्नका लागि इरानका तर्फबाट पाँचवटा मुख्य सर्तहरू सार्वजनिक गरेका छन्।

बिबिसीका अनुसार यी सर्तहरूमा सबै मोर्चाहरूमा जारी युद्धको पूर्ण अन्त्य हुनुपर्ने र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने मागलाई प्रमुखताका साथ उठाइएको छ। मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको पाकिस्तानमार्फत इरानले यसअघि अमेरिकाबाट १५ बुँदे प्रस्ताव प्राप्त गरेको थियो।

हालसम्म सार्वजनिक नगरिएको उक्त अमेरिकी योजनामा इरानले आफ्ना आणविक केन्द्रहरू भत्काउनुपर्ने र त्यसको बदलामा अमेरिकाले उसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू हटाउने उल्लेख गरिएको रिपोर्टहरूले जनाएका छन्।

यस प्रस्तावप्रति टिप्पणी गर्दै एक इजरायली मन्त्रीले बीबीसीसँगको कुराकानीमा अमेरिकी योजना ‘कागजमा निकै सुन्दर’ देखिए पनि इरानले यसलाई स्वीकार गर्ने सम्भावना निकै कम रहेको बताएका थिए।

यसैबीच, मध्यपूर्वमा तनाव बढ्दै जाँदा पेन्टागनले त्यहाँ आफ्ना स्थल सेना परिचालन गरेको पुष्टि गरेको छ, यद्यपि ती सेना कुन स्थानमा तैनाथ गरिएको हो भन्नेबारे विस्तृत विवरण खुलाइएको छैन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?