राखेपको तीन महिने निलम्बनमा पर्‍याे एन्फा

राखेपको तीन महिने निलम्बनमा पर्‍याे एन्फा
फाइल तस्बिर
+
-
देशसञ्चार AI सारांश
  • अखिल नेपाल फुटबल संघलाई राष्ट्रिय खेलकुद परिषदले तीन महिनाको लागि निलम्बन गरेको छ।
  • एन्फाले निर्धारित समयभन्दा अघिनै चुनावी साधारण सभा गर्न खोजेपछि राखेपसँग विवाद बढेको थियो।
  • राखेपले एन्फाले दिएको स्पष्टीकरण चितबुझ्दो नभएको भन्दै तीन महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको हो।

काठमाडाैँ – अखिल नेपाल फुटबल संघ (एन्फा) लाइ राष्ट्रिय खेलकुद परिषदले तीन महिनाका लागि निलम्बन गरेको छ। एन्फाले निर्धारित समय भन्दा अघिनै निर्वाचन गर्ने तयारी अन्तिम चरणमा पुर्याएसँगै निलम्बनमा परेको हो।

एन्फाले पुरानै प्रतिनिधिहरुलाइ निरन्तरता दिंदै निर्धारित समय भन्दा अघिनै चुनावी साधारण सभा गर्ने निर्णय गरेयता राखेप र एन्फाबिच विवाद बढ्दै गएको थियो। राखेपले विधान र प्रकृया पुर्याएर तल्लो तह देखिनै निर्वाचन प्रकृया पुरा गरेर नयाँ प्रतिनिधिहरु छनोट गरेर चुनावी साधारण सभा गर्नका लागि दबाब दिंदै आएको थियो।

तर एन्फाले जवरजस्ती केन्द्रिय कार्यसमितिको मात्र चुनावी साधरण सभा गर्ने तयारी गरेपछि राखेपले निलम्बन गर्ने निर्णय गरेको हो। यसअघि राखेपले २४ घन्टा भित्र स्पष्टिकरण पठाउन एन्फालाइ निर्देशन दिएको थियो। जवाफमा एन्फाले संघहरु स्वायत भएको र फिफा र एएफसीको प्रतिबन्धमा पर्ने सक्ने भएकाले चुनाव अनिवार्य भएको जवाफ दिएको थियो।

तर राखेपले प्रचलित कानुन अनुसार एन्पाले दिएको लिखित जवाफ चितबुझ्दो नभएको भन्दै खेलकुद विकास नियमावली २०७९ (दोस्रो संसोधन) को नियम १० को उपनियम १ को खण्ड छ १ अनुसारको कार्य समेत भए गरेको नदेखिएको हुँदा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २९ को उपदफा २ बमजोमि तीन महिना सम्मका लागि निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?