- एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२६’ मा वित्तीय साक्षरता अभिवृद्धिका लागि सप्ताहव्यापी कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्यो।
- अभियान अन्तर्गत ६७ भन्दा बढी कार्यक्रम आयोजना गरियो, जसबाट देशभरका ४,१०० भन्दा बढी विद्यार्थी लाभान्वित भए।
- बैंकले वित्तीय शिक्षाका कार्यक्रमहरू भौतिक तथा डिजिटल माध्यमबाट सामग्री प्रकाशन गरी सामाजिक सञ्जाल मार्फत पनि चेतना फैलायो।
काठमाडौं- एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा देशभर वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सप्ताहव्यापी विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरेको छ।
नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस अभियान अन्तर्गत बैंकका सातै प्रदेशका विभिन्न शाखाहरूले स्थानीय विद्यालय तथा कलेजका विद्यार्थी र युवाहरूलाई लक्षित गरी वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गर्ने खालका कार्यक्रमहरू आयोजना गरेका थिए।
यस अभियान अन्तर्गत एक हप्ताको अवधिमा ६७ भन्दा बढी कार्यक्रमहरू सञ्चालन गरिएको बैंकले जनाएको छ। उक्त कार्यक्रमहरूबाट मुलुकभरका ४ हजार १ सयभन्दा धेरै विद्यार्थी तथा युवाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
बैंकले भौतिक उपस्थितिका कार्यक्रमहरूका साथै डिजिटल माध्यमबाट पनि चेतना फैलाउन विभिन्न साक्षरता सामग्रीहरू निर्माण गरी आफ्नो सामाजिक सञ्जालहरू मार्फत प्रकाशन गरेको थियो।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आयोजना गरिएका यी विविध कार्यक्रमहरूले बालबालिका, विद्यार्थी र युवाहरूमा वित्तीय साक्षरता र जनचेतना अभिवृद्धि गर्न ठूलो सहयोग पुगेको बैंकको विश्वास छ।
स्थापनाको २८ औं वर्षमा रहेको यस बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ।