प्रधानमन्त्री कपः मधेस र कर्णाली विजयी

प्रधानमन्त्री कपः मधेस र कर्णाली विजयी
+
-
देशसञ्चार AI सारांश
  • मधेस प्रदेशले नारायणी रंगशालामा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै १६२ रनको लक्ष्य पूरा गर्‍यो।
  • जनकपुरधाममा कर्णाली प्रदेशले कोशीलाई १६ रनले पराजित गर्दा दिनेश अधिकारीले ५ विकेट लिए।
  • कर्णालीको विपिन शाही र मधेसका अर्निको यादवले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई विजयी गराए।

जनकपुरधाम – एक दिवसीय प्रधानमन्त्री क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा मधेस प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन्। जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउदेश्यीय रंगशालामा भएको खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई १६ रनले र वीरगञ्जस्थित नारायणी रंगशालामा भएको खेलमा मधेसले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको छ।

जनकपुरधाममा टस जितेर ब्याटिङ्ग गरेको कर्णाली प्रदेशले ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन बनाएका थिए। कर्णालीको तर्फबाट विपिन शाहीले ९८ बलमा ६३ रन बनाउँदा विपिन रावलले ४५ बलमा ३२, सुनिल धमलाले १० बलमा १९, कप्तान दिवान पुनले १८ बलमा १० रन बनाए।

बलिङ्गमा कोशीका प्रेम कामतले १० ओभरमा ३१ रन दिएर ४ विकेट लिँदा ज्ञानेन्द्र श्रेष्ठले ३, सुजन थपलियाले २ र विपिन महतोले १ विकेट लिए।

१५२ रनको सामान्य लक्ष्य लिएर ब्याटिङ्ग गर्न आएका कोशी प्रदेशका खेलाडी ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सके। कोशीको तर्फबाट दिपेश कंडेलले सर्वाधिक २६ रन बनाउँदा सिवाश बजगाईँले २३ र सुमन श्रेष्ठले २० रन बनाए। यस्तै, साकिव हक र अंकित सुवेदीले समान १७÷१७, प्रेम कामत ८, विपिन महतो ३ रन बनाए।

बलिङ्गमा कर्णालीका दिनेश अधिकारीले ८.४ ओभरमा २७ रन दिएर ५ विकेट लिए। दिवान पुन र प्रकाश जैसीले २÷२ र दिपेन्द्र रावतले १ विकेट लिए। पाँच विकेट लिएका दिनेश म्यान अफ द म्याच भएका छन्।

यस्तै, वीरगञ्जमा भएको खेलमा टस हारेर ब्याटिङ्ग गरेको सुदूरपश्चिम प्रदेशले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १६० रन बनाए। सुदूरपश्चिमको तर्फबाट अभिषेक पालले सर्वाधिक ३३ रन बनाउँदा किरन ठगुन्ना र नारायण जोशीले २३/२३ रन बनाए। यस्तै अशोक धामीले १९ रन बनाएर नटआउट रहे। अन्य खेलाडीले दोह्रो अंकमा रन बनाउन सकेनन्।

बलिङ्कमा मधेसका अर्निको यादवले ७.२ ओभरमा २५ रन दिएर ३ विकेट लिए। यस्तै, प्रदीप पाशवानले २, रुपेश सिंह, मो। आदिल आलम, आशिक बैठा र पवन श्राफले समान १/१ विकेट लिए।

१६२ रनको लक्ष्य पाएको मधेसले ३३.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो। मधेसको तर्फबाट अर्निको यादले ४६ रन बनाएर नटआउट रहँदा पवन श्राफले २१ रन बनाए।

यस्तै, मो। आदिल आलम ३४, रुपेश सिंह नटआउट रहँदै १६, कप्तान अनिल साह १३ र मयन यादवले १३ रन बनाए। बलिङ्गमा सुदूरपश्चिमका अशोक धामीले ३ र शेर मल्लले २ विकेट लिए। अलराउण्ड प्रदर्शन गरेका अर्निको म्यान अफ द म्याच भएका छन्।

प्रधानमन्त्री कप अन्तर्गत मधेस प्रदेशमो बिहीबार कुनै खेल छैन। यस पटक मधेस प्रदेशको जनकपुरधाम, वीरगञ्ज र काठमाडौँमा प्रतियोगिता हुँदैछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?