अ
+
अ
अ
-
मोरङ – सुनसरीको इटहरी उपमहानगरपालिकास्थित एक क्याफेमा लागेको आगलागी नियन्त्रणमा आएको छ।
इटहरीको वडा नम्बर ६ धरानतर्फ जाने मुख्य राजमार्गमा रहेको पूर्वाञ्चल क्याफे एण्ड आइसक्रिम पार्लरमा बुधबार बिहान लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र विभिन्न पालिकाबाट पुगेका वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा आएको हो।
जेनजी आन्दोलनका क्रममा उपमहानगरको वारुणयन्त्रमा आगजनी भएपछि आगलागी नियन्त्रणका लागि घटनास्थलमा विराटनगर महानगर, धरान उपमहानगर, रामधुनी नगरपालिका, इनरुवा नगरपालिका, सुन्दरहरैंचा नगरपालिकाबाट वारुणयन्त्र पुगेका थिए।
प्रहरीका अनुसार आगलागी क्याफेको भान्साघरबाट सल्किएको भएपनि क्षतिको विवरण संकलन भइरहेको छ।