- २८ मार्चदेखि ३१ मेसम्म १० टिमबीच ८४ खेल खेलाइने यस सिजन इतिहासकै ठूलो हुनेछ।
- अप्रिल-मेमा विधानसभा चुनाव प्रभावले २८ मार्चदेखि १२ अप्रिलसम्मका २० खेलमात्र तालिका सार्वजनिक गरिएको छ।
- म्याचकै दिन अभ्यास निषेध गरिएको यस सिजनमा नया सुरक्षा र यात्रा नियम पनि परिमार्जन गरिएका छन्।
काठमाडौँ– २८ मार्चदेखि ३१ मेसम्म आयोजना हुने इन्डियन प्रिमियर लिग (आइपिएल) आजसम्मकै ठूलो सिजनका रुपमा रहने भएको छ।
१९औँ सिजनको यस खेलमा १० टिमबीच प्रतिष्पर्धा हुने छ भने कूल ८४ खेल खेलाइने भएको छ। साथमा प्रत्येक टिमले १६-१६ खेल खेल्ने छन्।
उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलोरु र सनराइज हैदराबादबीच हुनेछ। खेल बेंलोरुको एम चिन्नास्वामी स्टेडियममा खेलाइने छ।
अप्रिल-मे महिनामा भारतका केही राज्यहरूमा विधानसभा चुनाव हुने भएकाले विशेषगरी बंगाल, तमिलनाडु र आसाममा पनि प्रभाव पर्ने छ। त्यसैले २८ मार्चदेखि १२ अप्रिलसम्मका २० खेलको मात्र तालिका सार्वजनिक गरिएको छ।
१० टिमको सहभागिता रहेन यस सिजनमा चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलोरु, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, पञ्जाब किंग्स, सनराइजर्स हैदराबाद, लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।
पूरा तालिका अझै सार्वजनिक नभए पनि बिसिसीआइले फाइनल ३१ मेमा बेङ्गलोरुमा हुने जानकारी दिएको छ। त्यसअनुसार २६ मेमा पहिलो क्वालिफायर, २७ मेमा एलिमिनेटर र २९ मेमा दोस्रो क्वालिफायर हुन सक्ने जनाइएको छ।
कति मैदानमा खेल हुनेछन्?
यस सिजनका खेल भारतका १३ फरक सहरमा खेलाइने तयारी छ। १० टिममध्ये ७ टिमले एक–एक होम ग्राउन्ड रोजेका छन् भने बेङ्गलुरु, पंजाब र राजस्थानसँग २-२ होम ग्राउन्ड छन्। रायपुरस्थित सहिद भिर नारायण स्टेडियममा १३ वर्षपछि आइपीएल खेल हुने छ।
आरसीबीले यसलाई आफ्नो दोस्रो होम भेन्यु बनाएको छ। यहाँ अन्तिमपटक २०१३ मा दिल्ली क्यापिटल्स र कोलकाता नाइटराइडर्सबिच भएको थियो।
यसपटक के नयाँ छ?
यो पटकको आइपिएलमा म्याचकै दिन अभ्यास हुने छैन। कुनै पनि टिमले म्याचको दिन नेट अभ्यास गर्न पाउने छैन। त्यस्तै यात्रा र सुरक्षा नियमपनि परिवर्तन गरिएको छ। खेलाडीहरू अनिवार्य रूपमा टिम बसमै यात्रा गर्नुपर्ने छ। परिवारका सदस्यहरूलाई केवल आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा मात्र बस्न अनुमति हुने छ।
त्यस्तै अनुशासनका लागि सबै स्टाफले सधैं आइडी कार्ड साथमा राख्नुपर्ने छ। अनुमतिबिना परिवारका सदस्य वा बालबालिकालाई मैदान वा डगआउटमा ल्याउन पाइने छैन।
त्यस्तै प्रशारण र ड्रेस कोड पनि अनिवार्य गरिएको छ। अरेन्ज र पर्पल क्याप जित्ने खेलाडीले म्याचका बेला क्याप लगाउनै पर्ने छ। फिल्डिङ गर्दा हटाउन मन लागे पनि सुरुआती २ ओभर लगाउनै पर्ने छ। पोस्ट-म्याच कार्यक्रममा स्लिभलेस जर्सी लगाउन पाइने छैन।
सबैभन्दा महँगो खेलाडी को छन्?
यस सिजनको अक्सनमा क्यामरुन ग्रिन सबैभन्दा महँगो खेलाडी बने, जसलाई कोलकाता नाइट राइडर्सले २५.२० करोड रुपैयाँमा किन्यो।
भारतीय अनक्याप्ड खेलाडीमध्ये प्रशान्त वीर र कार्तिक शर्मालाई चेन्नइ सुपर किंग्सले १४.२०-१४.२० करोडमा अनुबन्ध गरेको छ।
कहाँ हेर्न सकिन्छ?
आइपीएल २०२६ का खेलहरू स्टारस्पोर्ट्स नेटवर्कमा टेलिभिजनबाट हेर्न सकिन्छ भने डिजिटल रूपमा जियो हटस्टार मार्फत हेर्न सकिन्छ।
नेपालमा भने कान्तिपुर म्याक्सले लाइभ देखाउने छ। साथै लाइभ स्कोर र अपडेटहरू विभिन्न समाचार एपमार्फत सजिलै पाउन सकिने छ।