अ
+
अ
अ
-
विराटनगर– सुनसरीको इटहरी उपमहानगर चोक उत्तरतर्फको एक भवनमा भीषण आगलागी भएको छ।
इटहरी उपमहानगर ६ स्थित मुख्य चोकबाट उत्तरतर्फ रहेको पूर्वाञ्चल क्याफे एण्ड आइसक्रिम पार्लर रहेको भवनमा आगलागी भएको हो।
आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरी, सशस्त्र प्रहरी बलको टोली, उपमहानगरका नगरप्रहरीको टोली, स्थानीयले प्रयास जारी राखेका छन्।
जेनजी आन्दोलनका क्रममा उपमहानगरको वारुणयन्त्र आगजनीमा परेपछि सुनसरीका अन्य पालिकाबाट घटनास्थल पुगेका वारुणयन्त्रले आगलागी नियन्त्रणको प्रयास जारी राखेका छन्।
आगलागीको कारण खुलेको छैन।