अ
+
अ
अ
-
झापा- झापाको भद्रपुरमा वृद्धा आमा कुटपिट गर्ने छोरा पक्राउ परेका छन् ।
भद्रपुर वडा नं. ८ क्याम्पस मोड बस्ने वर्ष ७९ की चन्द्रमाया घिमिरेलाई कुटपिट गर्ने उनका छोरा ३७ वर्षीय यशिस घिमिरेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
यशिसले सोमबार उनकी आमालाई कुटपिट गरेका थिए । स्थानीयले घटनाबारे त्यसैदिन प्रहरीलाई जानकारी दिएका थिए ।
कुटपिटको घटनाबारे संचारमाध्यममा सार्वजनिक भएपछि यशिसलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
उनीमाथि अनुसन्धान भइरहेको र घाइते आमा चन्द्रमायालाई उद्धार गरि स्वास्थ्योपचार भइरहेको सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् ।