अ
+
अ
अ
-
देशसञ्चार AI सारांश
- दाङको भेरिगङ्गा नगरपालिकामा अपाङ्गता रूपान्तरण कार्यक्रम सम्पन्न, अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्ने प्रयास।
- सामाजीक विकास मन्त्रालयको आयोजना र कर्णाली प्रदेश सरकार, एनएमबी बैंक, करुणा फाउन्डेसन, अपाङ्ग महासङ्घको सहकार्यमा कार्यक्रम।
- कार्यक्रममा सहायक सामग्री वितरण, आत्मनिर्भरता वृद्धि, समान अवसर सुनिश्चित गर्नुपर्ने आवश्यकता वक्ताहरूले औंल्याए।
दाङ- सुर्खेत जिल्ला स्थित भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले ‘अपाङ्गता रूपान्तरण तथा पुनस्र्थापना साझेदारी कार्यक्रम’सम्पन्न गरिएको छ।
सामाजिक विकास मन्त्रालयको आयोजना तथा एनएमबी बैंक, करुणा फाउन्डेसन नेपाल र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।
कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक जीवन सहज बनाउन आवश्यक सहायक सामग्रीहरू वितरण गरिएको छ। यस्ता सामग्रीहरूले उनीहरूको आत्मनिर्भरता बढाउने, हिँडडुलमा सहजता ल्याउने, साथै समाजमा सक्रिय सहभागिता जनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा भेरिगङ्गा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई अवसर र पहुँच प्रदान गर्नु राज्य तथा समाजको साझा दायित्व भएको उल्लेख गरेका थिए ।
उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, अधिकारको आधारमा हेरिनु, साथै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सहभागितामा समान अवसर सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रममा नगर उपप्रमुख अनसरा बोहरा, एनएमबी बैंकका एरिया म्यानेजर रमेश रेग्मी, शाखा प्रबन्धक सुमन सुबेदी, सामाजिक विकास महाशाखा प्रमुख सुवर्णा खड्का तथा करुणा फाउन्डेसनका दीपक प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो । करुणा फाउन्डेसनबाट रु २० लाख र एनएमबी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु ५ लाख गरी कुल रु २५ लाख सहयोग प्रदान गरिएको छ ।