नेपाल टेलिकमको भोल्टे रोमिङ सेवा अब डेनमार्क र दक्षिण कोरियामा पनि

नेपाल टेलिकमको भोल्टे रोमिङ सेवा अब डेनमार्क र दक्षिण कोरियामा पनि
+
-
देशसञ्चार AI सारांश
  • नेपाल टेलिकमले डेनमार्क र दक्षिण कोरियामा अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा सुचारु गर्न सम्झौता सम्पन्न गरेको छ।

  • यो सेवालाई प्रयोग गर्नका लागि ग्राहकको मोबाइल सेट भोल्टे सपोर्ट गर्ने हुनुपर्छ र एक्टिभेट हुनुपर्दछ।

  • नेपाल टेलिकमको वेबसाइटमा जाकर या *444# डायल गरेर ग्राहकहरूले ‘Activate VoLTE’ विकल्प छनोट गर्न सक्छन्।

काठमाडौ- नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टे रोमिङ (International VoLTE Roaming) सेवा सञ्चालनमा ल्याएको छ। यस सेवाका लागि नेपाल टेलिकमले डेनमार्कको टेलिनोर डेनमार्क र दक्षिण कोरियाको एसके टेलिकमसँग आवश्यक सम्झौता सम्पन्न गरेको छ।

यो सेवा सुचारु भएसँगै अब यी देशहरू भ्रमण गर्ने नेपाली ग्राहकहरूले गुणस्तरीय सञ्चार सेवाको लाभ लिन सक्नेछन्।

हालसम्म यो सेवा क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेम्बर्ग, इजरायल र ताइवान–आरओसी गरी ६ वटा देशहरूमा उपलब्ध रहँदै आएको थियो। नयाँ दुई देशहरू थपिएसँगै अब विश्वका कुल ८ देशका ९ सेवा प्रदायकहरूसँगको सहकार्यमा भोल्टे रोमिङ सेवा उपलब्ध भएको छ।

रोमिङ सेवामार्फत विदेशमा रहँदा पनि नेपाल टेलिकमकै सिम प्रयोग गरी नेपालमा जस्तै भोइस, डाटा र एसएमएस सेवाहरू प्रयोग गर्न सकिन्छ, जसमा भोल्टे प्रविधिले एचडी गुणस्तरको भोइस कल सुनिश्चित गर्दछ।

यो सेवा प्रयोग गर्नका लागि ग्राहकको मोबाइल सेट भोल्टे सपोर्ट गर्ने हुनुपर्छ र सेटमा यो सेवा एक्टिभेट गरिएको हुनुपर्दछ। यदि मोबाइलको स्क्रिनमा HD वा VoLTE देखिएको छैन भने ग्राहकले *444# डायल गरी ‘Activate VoLTE’ विकल्प छनौट गरेर यो सेवा सुचारु गर्न सक्नेछन्।

यस सम्बन्धी थप जानकारीका लागि नेपाल टेलिकमको आधिकारिक वेबसाइटमा हेर्न सकिने प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?