नेप्सेमा २३ अंकको वृद्धि

नेप्सेमा २३ अंकको वृद्धि
सांकेतिक तस्बिर।
+
-

काठमाडौँ – यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ। आज नेप्से परिसूचक २३ दशमलव ८३ अङ्कले बढेर दुई हजार ९६० दशमलव ४० को बिन्दुमा पुगेको छ।

आज ३४१ कम्पनीको तीन करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर एक लाख २६ हजार ९४७ पटक खरिद–बिक्री हुँदा रु १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ६७, विकास बैङ्क एक दशमलव ३८, वित्त शून्य दशमलव ५१, जलविद्युत् एक दशमलव ३२, लगानी शून्य दशमलव ११, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८६, म्युचुअल फन्ड शून्य दशमलव २५ र व्यापार समूह नौ दशमलव १२ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।

जलविद्युत् शून्य दशमलव १७, जीवन बीमा शून्य दशमलव ३७, लघुवित्त शून्य दशमलव ४६, निर्जीवन बीमा शून्य दशमलव ३८ र अन्य समूह शून्य दशमलव १६ प्रतिशतले घटेको छ।

सलपा विकास बैङ्क लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ५६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रादी विद्युत् कम्पनी लिमिटेडको रु ६७ करोड ४३ लाख ८४ हजार ३४१ बराबरको खरिद–बिक्री भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रमोटर शेयर २० लाख २७ हजार ९९२ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?