कोलम्बियामा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ८३ घाइते

कोलम्बियामा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ८३ घाइते
+
-

कोलम्बियाको दक्षिणी पुतुमायो विभागमा रहेको पुएर्तो लेगुइजामो क्षेत्रमा टेकअफ गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त भएको छ।

कोलम्बियाली सेनाको एउटा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन्। त्यहाँका गभर्नर जोन गाब्रिएल मोलिनाले दिएको जानकारीअनुसार विमानमा ११ जना चालक दलका सदस्यसहित कुल १ सय १४ जना सवार रहेका थिए।

यो दुर्घटना ग्रस्त सी-१३० हर्क्युलिस नामको सैनिक विमान हो। उक्त विमान पेरुको सीमासँग जोडिएको पुतुमायो विभागको पुएर्तो लेगुइजामो शहरमा दुर्घटनाग्रस्त भएको हो।

रक्षा मन्त्री पेद्रो सान्चेजकाअनुसार दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट भएको छैन। तर आपराधिक समूहको आक्रमण भएको कुनै संकेत भने नदेखिएको जनाइएको छ।

विमान उडानका लागि पूर्ण रूपमा योग्य अवस्थामा रहेको र चालक दल पनि योग्य र प्रशिक्षित रहेको बताइएको छ।

कोलम्बियाली एरोस्पेस फोर्सका कमाण्डर जनरल कार्लोस सिल्भाका अनुसार विमानमा ११ जना चालक दल र ११४ जना यात्रु सवार थिए। जसमा २ जना प्रहरी अधिकारी र ११२ जना सैनिकहरु सवार थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?