आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा

आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभावले कोशी, मधेस र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ।
  • कोशी, गण्डकी र कर्णाली प्रदेशका स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
  • राति तराई भूभागमा मौसम सफा रहनेछ भने हिमाली र पहाडी भागमा बादल लाग्नेछ।

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भेगमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानका साथै कोशी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?