विराटनगरसहित मोरङमा पाँच स्थानमा बर्ड फ्लु संक्रमण

विराटनगरसहित मोरङमा पाँच स्थानमा बर्ड फ्लु संक्रमण
+
-
देशसञ्चार AI सारांश
  • विराटनगरको दाहाल कृषी फार्ममा बर्ड फ्लु देखिएपछि करिब ३ हजार कुखुरा नष्ट गरिएको छ।
  • विद्यमान संक्रमणलाई नियन्त्रण गर्न, फार्ममा रहेका सबै सामग्री नष्ट गर्ने योजना अघि बढाइएको छ।
  • मोरङका अन्य चार स्थानमा पनि संक्रमण पुष्टि भएपछि सतर्कता अपनाउन आग्रह गरिएको छ।

कोशी प्रदेशको राजधानी विराटनगरमा कुखुरामा देखिने बर्ड फ्लु संक्रमण देखिएको छ। विराटनगर महानगरपालिकाका भेटेरिनरी अधिकृत हिरालाल यादवका अनुसार महानगरको वडा नम्बर ४ स्थित दाहाल कृषी फार्ममा रहेको कुखुरामा संक्रमण देखिएको हो।

महानगरको टोलीले सूचना पाएसंगै सोमबार फार्ममा रहेका करिब ३ हजार कुखुरालाई नष्ट गरेको अधिकृत यादवले जानकारी दिए। उनले भने, ‘संक्रमण फैलन नदिन र रोकथामका लागि प्रयास गरेका छौ। अहिले करिब ३ हजारको संख्यामा कुखुरालाई नष्ट गर्ने काम गरिरहेका छौ।  यसलाई सुरक्षितस्थलनमा चारकिल्ला गरि नष्ट गरिरहेकाछौ।’

सौरभ दाहालको सो फर्ममा करिब ६ हजारको संख्यामा कुखुरा रहेको उनले बताए। जसमा ३ हजार लेयर्स कुखुरा संक्रमणको कारण मरिसकेका छन्। संक्रमण फैलिन नदिन र अन्य फर्ममा पनि यसप्रकारको घटना दोहरिन नदिन महानगरले सुरक्षित उपायसहित काम गरिरहेको उनको भनाई छ।

यस मोरङका अन्य चार स्थानमा पनि बर्ड फ्लु संक्रमण देखिएको छ। मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित हलेसी महादेव कृषी फार्म, उर्लाबारी नगरपालिकास्थित अठियाबारी कृषि फार्म, कटहरी गाँउपालिकास्थित इ टु जेड पोल्ट्री फार्ममा संक्रमण पुष्टि भइसकेको छ।

विराटनगरस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका अनु्सार कुखुरापालकहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। केन्द्रका अनुसार संक्रमित फार्मका कुखुरा, अण्डा, दाना, र सम्पूर्ण सामग्री नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?