अ
+
अ
अ
-
राजविराज (सप्तरी) – हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ।
स्थानीय किसुनदेव मण्डलको घरमा आगलागी हुँदा उनका तीन वटा घर जलेको प्रहरीले जनाएको छ । विद्युत सर्ट भइ आगो लागेको जनाइएको छ । सो आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
स्थानीयवासी, प्रहरी र नगरपालिकाको बारुन यन्त्रले आगो निभाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।