प्रधानमन्त्री कपः लुम्बिनी र सुदूरपश्चिम विजयी

प्रधानमन्त्री कपः लुम्बिनी र सुदूरपश्चिम विजयी
+
-
देशसञ्चार AI सारांश
  • जनकपुरधाममा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई १४८ रनले हराउँदै विजयी प्राप्त गर्‍याे।
  • वीरगञ्जमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्दै खेल जित्यो।
  • संतोष यादव र हेमन्त धामी खेलका उत्कृष्ट खेलाडी घोषित भए।

जनकपुरधाम – एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएको छ। जनकपुरधाम स्थित निर्माणाधिन रामजानकी बहुृउद्देश्यीय रंगशालामा भएको खेलमा लुम्बिनीले कोशी प्रदेशलाई १४८ रनले र पर्साको वीरगञ्जस्थित नारायणी रंगशालामा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४ विकेटले हराएको छ।

जनकपुरधाममा टस हारेर ब्याटिङ्ग गरेको लुम्बिनी प्रदेशले कप्तान देव खनालको ९२ र संतोष यादवको ४८ रनको मद्दतले ५० ओभरमा २४९ रन बनाएर २५० रनको लक्ष्य दिएकोमा ३१.४ ओभरमा सबै विकेट गुमाउँदै कोशीले १०१ रन मात्र बनाउन सके। कोशीको तर्फबाट अंकित सुवेदीले सर्वाधिक ३० रन बनाए।

बलिङ्ग तर्फ लुम्बिनीका संतोष यादवले ४, राजेन्द्र बलमे ३, निर्मल गुरुङ्गले २ र संदेश थापाले १ विकेट लिए। ४८ रन र ४ विकेट लिएका संतोष म्यान अफ द म्याच भएका छन्।

यस्तै, वीरगञ्ज स्थित भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४ विकेटले हराएको छ। टस हारेर पहिला ब्याटिङ्ग गरेको कर्णालीले ३२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन बनाए। कर्णालीको तर्फबाट विपिन रावलले ३३ तथा सुनिल धमलाले २८ रन बनाए। बलिङ्गमा कर्णालीका हेमन्त धामीले ७ ओभरमा १६ रन खर्चेर ६ विकेट लिए।

१ सय २० को लक्ष्य पाएको सुदूरपश्चिमले २९।२ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो। सुदूरपश्चिमको तर्फबाट किरण ढगुन्नाले सर्वाधिक २६, खडक बोहोराले २३ रन बनाएर आउट भए। मिलन बोहोरा १८ र शेर १० रनमा नटआउट रहँदा टोलीले जित निकालेको हो।

कर्णालीका अनुज चनारा र दिवान पुनले समान २ विकेट लिए। ६ विकेट लिएका धामी म्यान अफ द म्याच भएका छन्। प्रधानमन्त्री कप अन्तरगतको पहिलो र दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?