अ
+
अ
अ
-
हुम्ला – नेपाल महिला उद्यमी संङ्घ हुम्ला शाखाको अध्यक्षमा गीता कुमारी खड्का ( बुढा) चयन भएकी छन् । जिल्लामा उद्यम बिकासका क्षेत्रमा काम गर्दै आएका महिला उद्यमीहरुबिचको छलफलले शाखा गठन गरेको हो ।
त्यस्तै, लक्षु भण्डारी उपाध्यक्ष, उद्गम बुढा, शान्तिकुमारी सिंह सचिन लक्ष्मी बोहरा कोषाध्यक्षमा चयन भएका छन् । त्यसैगरि सङ्घको सदस्यहरुमा निर्मला तामाङ धनजवा रोकाया, सारदा चौलागाई, छोप्साङ लामा, हिरा बुढा र पेमा आङमु लामा चयन भएका छन् । उनीहरु सवै निर्विरोध चयन भएका हुन्।