अ
+
अ
अ
-
काठमाडौँ – वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आ.व.मा वन बढेलोको घटना हुने सम्भावना कम रहेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित वन डढेलोसम्बन्धी कार्यक्रममा बोल्दै उनले यस वर्ष हिउँदे वर्षा भएकाले वन डढेलोको सम्भावना घट्ने देखिएको बताएका हुन्।
हिउँदे वर्षातले वनमा रहेका पातपतिंगरहरु कुहिने भएकाले पनि प्राकृतिक रुपमा पनि वनमा डढेलो लाग्ने सम्भावना कम देखिएको उनको तर्क थियो।
सचिव शर्माले आगलागीको आकस्मिक घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न चनाखो भएर लाग्नुपर्ने अवस्था रहेकोसमेत बताए।
उनले वन डढेलोका सम्बन्धमा विस्तृत रुपमा जनचेतना फैल्याउन पनि यस क्षेत्रमा धेरै अनुसन्धानको काम आवश्यक रहेको बताए।