आर्सनललाई हराउँदै सिटीले जित्यो काराबाओ कपको उपाधि

आर्सनललाई हराउँदै सिटीले जित्यो काराबाओ कपको उपाधि
+
-
देशसञ्चार AI सारांश
  • आइतबार राति वेम्ब्लीमा भएको फाइनलमा म्यानचेस्टर सिटीले आर्सनललाई २-० ले हराउँदै काराबाओ कप जित्यो।
  • निको ओ’राइलीले दोस्रो हाफमा चार मिनेट भित्र दुई हेड गोल गर्दै टिमलाई जित दिलाए।
  • ग्वार्डिओला पाँच पटक ईएफएल कप जित्ने पहिलो प्रशिक्षक बने, आर्सनलको उपाधि पर्खाइ लम्बियो।

आर्सनल विरुद्ध प्रभावशाली प्रदर्शन गर्दै म्यानचेस्टर सिटीले काराबाओ कप (ईएफएल)को उपाधि जितेको छ।

आइतबार राति वेम्ब्लीमा भएको फाइनलमा आर्सनललाई २-० ले पराजित गर्दै आर्सनलको ऐतिहासिक ‘क्वाड्रुपल’ (एकै सिजनमा ४ उपाधि) जित्ने सपनाको औपचारिक अन्त्य गरिदिएको हो।

पेप ग्वार्डिओलाको टोलीका लागि निको ओ’राइलीले दोस्रो हाफमा चार मिनेटभित्र दुई गोल गर्दै टिमलाई उत्कृष्ट जित दिलाए। सुरुवातबाटै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई दबाबमा राखेको सिटीले गोलको लागि भने दोस्रो हाफ सम्म कुर्नु परेको थियो।

आर्सनल भने मुख्य गोलरक्षक डेभिड रायाको सट्टा यस प्रतियोगितामा केपा अरिजाबालागालाई निरन्तर मौका दिएको थियो। तर प्रशिक्षकको यो निर्णय टिमका लागि मुस्किलपूर्ण रह्यो।

खेलको ६० औं मिनेटमा केपाले रायन चेर्कीको सामान्य क्रस समात्ने प्रयास सफल नहुँदा बल झरेको अवस्थामा ओ’राइलीले झुकेर गरेको हेडले जाली चुमेको थियो।

त्यसपछि ओ’राइलीले चार मिनेट पछिनै हेड मार्फतनै दोस्रो गोल थपे, जहाँ उनले माटेउस नुनेसको क्रसलाई शक्तिशाली हेड गर्दै टिमको जित निश्चित गरे।

जितसँगै ग्वार्डिओला ईएफएल कप पाँच पटक जित्ने पहिलो प्रशिक्षक बनेका छन्। उता आर्टेटा र आर्सनलले भने सन् २०२० को एफए कपपछि पहिलो उपाधि जित्ने प्रतीक्षा अझै लम्बिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?