झापामा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरीसहित चार घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु

झापामा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरीसहित चार घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु
+
-
देशसञ्चार AI सारांश
  • झापाको बुद्धशान्ति गाउँपालिकामा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरी नायब निरीक्षकसहित चार जना घाइते भएका छन्।
  • चितुवालाई नियन्त्रणमा लिँदै गर्दा प्राविधिक टोलीमाथि आक्रमण हुँदा चार जना विभिन्न भागमा घाइते भए।
  • स्थानिय प्रतिकारपछि चितुवा मरेको छ र मृत चितुवालाई वन कार्यालय झापा लगिएको छ।

झापा- झापाको बुद्धशान्ति गाउँपालिका–४ टिमाईमा चितुवाको आक्रमणबाट एक सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनानि) सहित चार जना घाइते भएका छन्।

घाइते हुनेहरूमा सशस्त्र प्रहरी सुरक्षा बेस टिमाईका सप्रनानि केदार श्रेष्ठ र स्थानीय तीन सर्वसाधारण रहेका छन्।

आइतबार दिउँसो स्थानीय कमल खड्काको मकैबारीमा घाइते अवस्थामा रहेको चितुवालाई नियन्त्रणमा लिन खोज्दा उक्त घटना घटेको हो।

डिभिजन वन कार्यालय झापासँगको समन्वयमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको प्राविधिक टोलीले साँझ ६ बजेतिर चितुवालाई नियन्त्रणमा लिन खोज्दा चितुवा एक्कासि बिच्किएर सुरक्षामा खटिएका टोलीमाथि जाइलागेको थियो।

चितुवाको आक्रमणबाट सप्रनानि केदार श्रेष्ठको अनुहार, हात-खुट्टा, कान र बायाँ पाखुरामा चोट लागेको छ। उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यस्तै, बुद्धशान्ति–६ का ५० वर्षीय कृष्ण गजमे र ५४ वर्षीय दुर्गा बहादुर कटुवाल तथा मेचीनगर नगरपालिका–१० का २६ वर्षीय विशाल कार्की पनि चितुवाको आक्रमणबाट सामान्य घाइते भएका छन्। घाइते चारै जनाको बुद्धशान्तिस्थित भगिरथा न्यौपाने अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी र विज्ञ टोलीलाई आक्रमण गरेपछि चितुवा स्थानीय बस्तीतर्फ पसेर सर्वसाधारणमाथि समेत जाइलागेको थियो।

स्थानीयले आफ्नो बचाउका लागि प्रतिकार गर्दा र कुटपिट गर्दा चितुवाको घटनास्थलमै मृत्यु भएको छ। मृत चितुवालाई आवश्यक प्रक्रियाका लागि डिभिजन वन कार्यालय झापा लगिएको प्रहरीले जनाएको छ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?