- सुनसरी जिल्लाले मोरङलाई हराउँदै अनिल मीन ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ।
- विराटनगरमा भएको निर्णायक खेलमा सुनसरीले ४० ओभरमा १४६ रन बनाउँदै मोरङलाई ७२ रनमा आउट गर्यो।
- खेलमा रविन मण्डलले उत्कृष्ट प्रदर्शन गर्दै ८१ रन बनाए भने मोरङका कविराज खत्रीले ५ विकेट लिए।
माेरङ – अनिल मीन ट्रफीको तीन वटा एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरी जिल्लाले हात पारेको छ। विराटनगरमा आइतबार सम्पन्न अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली मोरङलाई ७४ रनले पराजित गर्दै उपाधि हात पारेको हो। विराटनगरको मेरिलेबोन ज्वाला विराटनगर क्रिकेट मैदानमा टस जितेर घरेलु टोली मोरङले बलिङ गर्ने निर्णय गरेको थियो।
वर्षाका कारण एकदिन पछि धकेलिएको खेलमा सुनसरीको टोलीले ४० ओभरमा अलआउट हुदै १ सय ४६ रनको मध्यम योगफल बनाएको थियो। खराब सुरुवात गरेको सुनसरीका लागि कप्तान रविन मण्डलले ८१ रन बनाएर पारी सम्हालेका थिए। ओपनर आकाश सर्राफ शुन्यमा पवेलियन फर्किदा गौरव कट्वाल १ रनमा आउट भए। त्यसपछि धरमराएको सुनसरीको टोलीलाई मण्डलले संयमित ब्याटिङ गर्दै अघि बढाएका थिए।

मण्डलले ९२ बलमा ६ छक्का र ३ चौकासहित ८१ रन बनाएका थिए। यसक्रममा मोरङका लागि कृष शर्माले ८ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। अर्कोतर्फ, निर्धारित लक्ष्य पछ्याउने क्रममा मोरङको टोली २७ दशमलव ४ ओभरमा ७२ रनमा समेटियो। खराब ब्याटिङ गरेको मोरङका लागि ओपनर यर्थात बच्चन यादव ३ रनमा पवेलियन फर्किदा कमल देव चौधरी शुन्यमा आउट भए। त्यसपछि अटल साह ९, आइन्स्टाइन रिजाल ३, रुद्रप्रताप साह शुन्यमा समेटिए। यसक्रममा मोरङको ब्याटिङ लाइनको पुछारमा प्रतिक पोखरेल र कृष शर्माले क्रमशः १९ र १२ रन बनाएका थिए। उनीहरुबाहेक अन्य खेलाडीले दोहरो रनस्कोर गर्न समेत सकेनन्। यस लज्जास्पद हारमा सुनसरीले अतिरिक्त १५ रन उपहार दिएको थियो। मोरङलाई धराशायी बनाउने क्रममा कविराज खत्रीले ७ ओभरमा १६ रन खर्चेर ५ विकेट लिए।
उनलाई रविन मण्डलले ८ ओभरमा १३ दिएर ३ विकेट लिदैं साथ दिएका थिए। यसअघि पहिलो खेलमा मोरङको टोलीले ४४ रनको जित आत्मसात गरेको थियो।
दोस्रो खेलमा भने सुनसरीको टोली लयमा फर्किदै घरेलु टोली मोरङलाई २१ रनले पराजित गर्न सफल भएको थियो।
यसअघि मोरङले पहिलो खेलमा जित हात पारेको थियो। त्यसपछि दोस्रो खेलमा सुनसरीले खेल जित्दै बराबरी गरेको थियो।