सडक ऐन संशोधन गर्ने विधेयक गण्डकी प्रदेशसभामा

सडक ऐन संशोधन गर्ने विधेयक गण्डकी प्रदेशसभामा
गण्डकी प्रदेशसभा भवन । फाइल तस्बिर ।
+
-

गण्डकी – गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत भएको छ।

भौतिक पूर्वाधार विकास तथा यातायाता व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले उक्त विधेयक प्रदेशसभामा पेस गरेका हुन्। सोमबार बस्ने प्रदेशसभा बैठकमा उक्त विधेयकमाथि छलफल हुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए।

“विधेयकमाथि छलफल भएपछि पारित गर्ने प्रकृया अगाडि बढ्छ”, उनले भने।

आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता खगराज अधिकारी, विपक्षी दलका नेता हरिबहादुर चुमान र नेपाली कांग्रेस संसदीय दलका तर्फबाट प्रदेशसभा सदस्य महेन्द्र जिसीले समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए।

बैठकको शून्य समयमा प्रदेशसभा सदस्य दमयन्ती रुचाल, दिलमाया पौवी, नन्दकला नेपाली, भक्तबहादुर कुँवर, भीमबहादुर कार्की, महेश भट्टराई, लिलबहादुर थापा, श्यामराजा महत र हरिबहादुर भण्डारीले आफ्नो धारणा राखेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?