अ
+
अ
अ
-
काठमाडौँ- कतारमा भएको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता छन्।
कतारको गृह मन्त्रालयका अनुसार समुद्री क्षेत्रमा गरिएको खोज तथा उद्धार अभियानका क्रममा हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको शव फेला परेको हो।
अहिलेसम्म एक जना व्यक्ति भने बेपत्ता छन्। उनको खोजी कार्य जारी रहेको मन्त्रालयले जानकारी दिएको छ।
यसअघि उक्त हेलिकोप्टर प्राविधिक खराबीका कारण दुर्घटनामा परेको जानकारी मन्त्रालयले दिएको थियो।