रैथाने बालीको मूल्यमा दश रुपैयाँसम्म वृद्धि

रैथाने बालीको मूल्यमा दश रुपैयाँसम्म वृद्धि
+
-
देशसञ्चार AI सारांश
  • चालु आर्थिक वर्ष ०८२।०८३ का लागि जिल्लाको रैथाने बालीको मुल्यमा प्रतिकेजी पाँचदेखि दश रुपियाँ वृद्धि भएको छ।
  • समितिको निर्णय अनुसार सिमी र उवाको मूल्य प्रतिकेजी दश रुपियाँ, अन्य बालीको मूल्य प्रतिकेजी पाँच रुपियाँ बढ्यो।
  • लिमीटेडले सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाबाट आवश्यकताका आधारमा रैथाने बाली खरिद गर्नेछ।

हुम्ला – चालु आर्थिक वर्ष ०८२।०८३ का लागि जिल्लाको रैथाने बालीको मुल्यमा प्रतिकेजी पाँचदेखि दश रुपियाँ बृद्धि भएको छ। जिल्ला प्राथमिक खरिद समितिको बसेको बैठकले रैथाने बालीको मुल्यमा केही बृद्धि गरेर गर्दै निर्धारण गरेको हो।

गतवर्षको रैथाने बालीको मुल्यमा केही बृद्धि गर्दै यसवर्षका लागि मुल्य निर्धारण गर्ने कार्य जिल्ला प्राथमिक खदिर समितिको बैठकले निर्धारण गर्ने कार्य भएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी टेककुमार रेगमीले बताए। समितिको बैठकले रैथाने बालीमा सिमी र उवाको प्रतिकेजी दश रुपियाँ बढाउने निर्णय गरेको छ भने चिनो, कागुनो, तिते फापर, मिठे फापर र कोदोको प्रतिकेजी पाँच रुपियाँ बृद्धि गर्ने निर्णय गरेको छ।

यो बृद्धि भएको मुल्य आईतबारबाट लागु हुनेछ। अब सिमी प्रतिकेजी लिमीटेडले प्रतिकेजी १८० रुपियाँमा खरिद गर्ने छ भने उवा प्रतिकेजी १३० रुपियाँमा खरिद गर्नेछ। त्यसैगरि चिनोको चामल प्रतिकेजी १८५ रुपियाँ, कागुनोको चामल प्रतिकेजी १८५ रुपियाँ, तिते फापर प्रतिकेजी १०५ रुपैयाँ मिठे फपर प्रतिकेजी १०५ रुपियाँ र कोदो प्रतिकेजी १०५ रुपियाँ खरिद गर्नेछ।

अघिल्लो आर्थिक वर्षसम्म सिमकोट गाउँपालिकाबाट मात्र रैथाने बाली खरिद गर्दै आएको लिमीटेडले यस आवबाट खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाबाट पनि खरिद गर्ने भएको छ। लिमीटेडले आवश्यताका आधारमा यी रैथाने बाली खरिद गर्ने जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?