चीनको ताक्लाकोट जान सीमा पास लिने बढे

चीनको ताक्लाकोट जान सीमा पास लिने बढे
+
-
देशसञ्चार AI सारांश
  • चीनको ताक्लाकोटमा काम तथा व्यापारका लागि जाने हुम्लाका मानिसहरू जिल्ला प्रशासन कार्यालयमा सीमा पास लिन थालेका छन्।
  • नाम्खा गाउँपालिकाको नारा लेकमा हिउँ सफा भएर सडक सुचारु भएपछि ताक्लाकोट जानेहरूको घुइँचो लागेको हो।
  • निर्वाचनपछि सीमा पास लिनेको संख्या १७७ पुगेको र नविकरण गर्ने ६७ पुगेको प्रशासन कार्यालयले जनाएको छ।

हुम्ला – चीनको ताक्लाकोट जान जिल्ला प्रशासन कार्यालयमा सीमा पास लिने बढ्दै गएका छन्। नाम्खा गाउँपालिका– ५ को चार हजार ६७० मिटर उचाईको नारा लेकमा जमेको हिउँ सफा गरेर सडक सुचारु हुँदा काम तथा ब्यापारका लागि हिल्सा नाकाबाट चीनको ताक्लाकोट जाने समय सुरु भएपछि सीमा पास लिनेको घुइँचो लाग्ने गरेको हो।

फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि जिल्ला प्रशासन कार्यालयमा चीनको ताक्लाकोटमा ब्यापार तथा अन्य कामका लागि जाने हुम्लाका युवायुवतीहरु सीमा पास लिनका लागि आउनेको घुइँचो लाग्न थालेको प्रमुख जिल्ला अधिकारी टेक कुमार रेगमीले जानकारी दिए।

यस वर्ष निर्वाचनमा मतदान कार्यका लागि लिमीका मतदाता नारा लेकबाट पैदल जान पाऊन् भनेर हिल्सा सिमकोट सडक योजनाले उक्त लेकमा जमेको हिउ पन्छाउने कार्य गरेर यातायात सेवा सुचारु गरिएको कारण सधा झै दुई महिना अगाडि भएको हो।

अघिल्लो वर्षसम्म वैशाखपछि मात्रै नारा लेक भएर चीनको ताक्लाकोटमा हुम्लाका युवायुवती रोजगारीका लागि जाने गर्थे । उनका अनुसार निर्वाचनपछि नयाँ सीमा पास लिने सङ्ख्या १७७ जना पुगेको छ भने नविकरण गर्ने संख्या ६७ जना पुगेको छ।

हाल नयाँ सीमा पास लिने र नविकरण गर्नेमा अधिकाँस नाम्खा गाउँपालिकाका र केही सिमकोट गाउँपालिकाका रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ताक्लाकोट जानका लागि जिल्ला प्रशासन कार्यालयमा सीमा पास नविकरण गर्न पुग्नु भएकी नाम्खा गाउँपालिका– ५ को यारीकी पेमा तामाङले नाराको सडक सञ्चालनमा आएपछि चीनको ताक्लाकोटमा कामका लागि जाने तयारीमा रहेको बताईन।

उनले ताक्लाकोटमा होटेल ब्यवसाय सञ्चालन गर्दै आएकी छन्। रोजगारीका लागि उहाँले बिगत सात वर्षदेखि ताक्लाकोटमा होटेल ब्यवसायी गर्दै आउनु भएको छ। यसरी चीनको ताक्लाकोट जानाका लागि सीमा पास बितरण गर्न लागेयता नौ हजार भन्दा बढी हुम्लावासी रोजगारीका लागि ताक्लाकोट पुगी सकेका छन्

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?