काठमाडौँ– चैत १२ का लागि तय भएको नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल स्थगित भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषदसँग पटक-पटक दशरथ रंगशालामा फुटबल खेलाउने अनुमति माग्दासमेत नपाएकाले स्थगित गर्नु परेको जनाएको छ।
एन्फाका प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा खेल सञ्चालनका लागि आवश्यक अनुमति र भौतिक पूर्वाधार उपलब्ध गराउन राखेपसँग पटक-पटक माग गरिए पनि स्वीकृति नदिएकाले स्थगित गर्नु परेको जनाइएको छ।
‘रंगशालाको फ्लडलाइट, स्कोर बोड र अन्य पूर्वाधारहरु खेलको लागि उपलब्ध गराइदिन पत्र पठाएको थियो। तर एन्फाको खेलमैदान तथा रंगशाला उपलब्ध गराइदिन गरेको आग्रह र खेल संचालनको स्वीकृति राखेपले नदिएकोले सो खेल स्थगित गरिएको जानकारी गराउदछौँ’, विज्ञप्तिमा भनिएको छ।
एन्फाले हङकङसँगको खेल खेलाउन नपाएकोमा नेपाली फूबल समर्थकसँग माफीसमेत मागेको छ। पछिल्लो समय एन्फाले अर्लि इलेक्सन गर्ने प्रयास गरिरहँदा राखेपले अनुमति दिएको छैन।
यो विवाद उत्कर्षमा पुग्दा नेपाली फुटबलनै फिफा प्रतिबन्धको जोखिमतर्फ अघि बढेको छ।
