काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेको छ।
केही समयदेखि निरन्तर उकालो लागेको सुनको मूल्य आज घटेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ।
पछिल्लो एक सातामा सुनको मूल्य २७ हजार ४ सय रुपैयाँ घटेको छ। अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। गत आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य पनि आज प्रतितोला ३५५ रुपैयाँ घटेर ४ हजार ५४० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय परिवेशका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दा नेपाली बजारमा पनि सुनको मूल्य आकाशिएको हो।