मातेर वडाध्यक्ष र कर्मचारीलाई तथानाम भन्ने गौरीगंज ६ का वडासदस्य साह पक्राउ

मातेर वडाध्यक्ष र कर्मचारीलाई तथानाम भन्ने गौरीगंज ६ का वडासदस्य साह पक्राउ
+
-
देशसञ्चार AI सारांश
  • झापा जिल्लामा वडा नं ६ का सदस्य नितेशकुमार साह मादक पदार्थ सेवन गरी वडाध्यक्ष र कर्मचारीलाई गाली गरे।
  • साहले वडाध्यक्ष यादवलाई गाली गर्दै अभद्र व्यवहार गरेपछि यादवले इलाका प्रहरी कार्यालय गौरीगंजमा उजुरी दिए।
  • प्रहरी टोलीले साँझ ६ बजे साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

झापा- मातेर वडा कार्यालयमा वडाध्यक्ष र कर्मचारीलाई तथानाम भन्ने गौरीगंज गाउँपालिकाका वडा नं ६ का वडा सदस्य साह नितेशकुमार साह पक्राउ परेका छन् ।

हिजो बिहान ११ बजे गौरीगंज गाउँपलिका –६ नम्बर वडा कार्यालयमा सोही वडाका वडा सदस्य डौवाबारी बस्ने ३२ वर्षीय नितेशकुमार साहले मादक पदार्थ सेवन गरी सोही वडाका वडा अध्यक्ष भारु चोक बस्ने ४५ वर्षीय बद्रीनारायण यादव लगायत वडामा कार्यरत कर्मचारीसमेतलाई तथानाम भनेका थिए ।

वडाध्यक्ष यादव र वडा सदस्य साह नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । दुवैबीच मामा भान्जाको सम्बन्ध रहेको छ । भारतबाट केटाकेटी भागेर आएको विषयलाई मिलाउने क्रममा दुवैबीच विवाद भएको जनाइएको छ ।

वडा सदस्य साहले मातेर तथानाम भनेपछि हिजो साँझ ५ बजे वडाध्यक्ष यादवले इलाका प्रहरी कार्यालय गौरीगंजमा गाली वेइज्जत गरी धाकधम्की दिई अभद्र ब्यवहार गरेको भनी लिखित जाहेरी दिएका थिए ।

त्यसपछि साँझ ६ बजे इप्रका गौरीगंजबाट प्रहरी बरिष्ठ नायव निरीक्षक मानबहादुर मिश्रको कमाण्डमा प्रहरी टोली खटिएर वडा सदस्य साहलाई नियन्त्रणमा लिएको हो । उनलाई इप्रका गौरीगंजमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?