मुगु– लामो समयदेखि खडेरीका कारण चिन्तित बनेका यहाँका कृषकहरू पछिल्ला केही दिनयता परेको चैते झरीसँगै उत्साहित भएका छन्।
छायाँनाथ रारा नगरपालिका–५ का कृषक लाप्से बिकले चैते झरीले आफ्नो मकै र गहुँबालीमा ठूलो राहत पुगेको बताए। “धेरै दिनदेखि पानी नपरेर चिन्ता थियो, अहिले परेको पानीले बाली सप्रिने आशा बढेको छ,” उनले भने।
त्यस्तै, सोरु गाउँपालिका– वडा नं ८ नाेकाेट का कृषक डिलबहादुर बमका अनुसार समयमै परेको पानीले खेत जोत्न र बाली रोप्न सहज भएको छ। “चैते झरीले माटो भिजाएको छ, अब खेतीपाती गर्न सजिलो भयो भने पशु चाैपाएकाे लागि बन पाखामा समेत घाँस पात पलाउने भयाे “।
कृषि प्राविधिकहरूका अनुसार चैते महिनामा परेको यो वर्षा विशेषगरी मकै, गहुँ , जहु,र तरकारी बालीका लागि लाभदायक हुने गर्दछ। निरन्तर यस्तै वर्षा भएमा उत्पादनमा उल्लेख्य वृद्धि हुने उनीहरूको भनाइ छ। जहु, गहँ, नाफल, उवा , केराउ लगायतका अन्न र तरकारी बाली काे समेत मुगुमा खेती गरिदै आएकाे छ ।