हुम्ला – यसअघि कायम रहँदै आएको जिल्लास्तरीय प्रजनन समन्वय समिति पुनर्गठन गरिएको छ। नयाँ कार्यविधिअनुसार समितिलाई पुनर्गठन गर्दै समितिको बैठकसमेत बसेको हो।
जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको सो कार्यक्रमकी सम्पर्क ब्यक्ति सपना रानाले बताइन्। समितिका अन्य सदस्यमा वडाध्यक्ष, शिक्षा बिकास तथा समन्वय इकाई , नेपाल रेडक्रस सोसाइटीको प्रतिनिधि, अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट, स्वास्थ्य सेवा कार्यालयउको प्रमुख र सदस्य सचिवमा यो कार्यक्रम हेर्ने सम्पर्क ब्यक्ति रहेकी छन्।
समितिको पुनर्गठनपछि जिल्लाको प्रजनन स्वास्थ्य सम्वन्धि प्रस्तुती गरिएको थियो। त्यसमा जिल्लाका सात वटै गाउँपालिकामा बालबिबाह बढ्दै गएको निष्कर्ष वैठकले निकालिएको छ।
जिल्लामा बालबिबाह घट्दै जानु पर्नेमा वर्षेनी बृद्धि भई रहेको तत्थ्याङ्कले पुष्टि गरेको स्वास्थ्य सेवा कार्यालयका तत्थ्याङ्क सहायक दुर्गाबहादुर श्रेष्ठले बताए।