सुत्केरी व्यथा लागेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार

सुत्केरी व्यथा लागेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार
सिमकोट विमानस्थलबाट सुत्केरी बेथा लागेकी गर्भवती शाहीको हेलिकोप्टरमा उद्धार गरिँदै। तस्बिरः देश सञ्चार
+
-
देशसञ्चार AI सारांश
  • नेपाली सेनाको हेलिकोप्टरले बासना शाहीलाई गर्भवती अवस्थामा सुर्खेत रिफर गर्न सुरक्षा सेवा कार्यालयको समन्वयमा उद्धार गर्यो।
  • शाहीलाई सुत्केरी हुन कठिनाई भएपछि चिकित्सकको सिफारिसमा सुर्खेत पठाइएको थियो, जहाँ शिशुले पेटमै दिसा खाएको थियो।
  • रात्री समयमा प्रतिकूल मौसमका कारण उद्धार ढिलो भए पनि हेलिकोप्टरबाट शाहीलाई जिल्ला बाहिर ल्याइयो।

हुम्ला – एक जना सुत्केरी व्यथा लागेकी गर्भवती महिलालाई नेपाली सेनाको हेलिकोप्टरबाट जिल्लाबाहिर उद्धार गरिएको छ। जिल्ला अस्पतालको प्रसूतिगृहमा ल्याइपुर् याइएकी ती गर्भवती महिलाको जिल्लामा सुत्केरी गराउन नसकिने भएपछि चिकित्सकको सिफारिसमा सुर्खेत रिफर गरिएकाले उद्धार गरिएको हो।

चंखेली गाउँपालिका– ४ की ३४ वर्षीया बासना शाहीलाई सुत्केरी बेथा लागेपछि शनिबार नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको होे।

गर्भवती भएको ३८ देखि ४० हप्तासम्म सुत्केरी हुनुपर्नेमा शाही ४२ हप्ता समय बित्दा पनि सुत्केरी व्यथा नलागेका कारण घरपरिवारले उक्त गाउँपालिकाको मेल्छाम स्वास्थ्य चौकीको समन्वयमा शुक्रबार जिल्ला अस्पताल ल्याइएको र चिकित्सकले चेकजाँच गर्दा शिशुले पेटमै दिसा खाएको कारण सुत्केरी गराउन कठिन हुने देखेपछि शुक्रबारै रिफर गरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख चिकित्सक भीमबहादुर बुढाले बताए।

शुक्रबार ढिलो भएको र शनिबार बिहान मौसम खराव भएको कारण दिउसो तीन वजे मात्र गर्भवती शाहीको उद्धार गरिएको होे। गर्भवतीलाई बेथा लगाउने औषधी गर्दा पनि खासै प्रगति नभएपछि जिल्लामा अप्रेशन गर्ने जनशक्ति नभएको कारण जिल्ला बाहिर रिफर गरिएको हो।

स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयका समन्वयमा नेपाली सेनाको हेलिकोप्टरले राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट लागत ब्यहोर्ने गरि उद्धार गरिएको हो। शाहीको यो चौथो गर्भ हो। यस वर्ष गर्भवती र सुत्केरी महिलाको यो छैटौ हेलिकोप्टरबाट उद्धार हो।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?