मोरङको लेटाङमा ६१.६ मिलिमिटर वर्षा

मोरङको लेटाङमा ६१.६ मिलिमिटर वर्षा
+
-

विराटनगर- मोरङको लेटाङ नगरपालिकामा विगत २४ घण्टामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा शनिबार ८ बजे गरिएको मापन अनुसार गएको २४ घण्टामा कोशी प्रदेशभरि मोरङमा सबैभन्दा बढी ६१ दशमलव ६ मिलिमिटर वर्षा मापन गरिएको हो ।

विभागले प्रिमनसुनको पूर्वसन्ध्यामा शुक्रबार र शनिबार अधिक हावाहुरीसँगै वर्षा हुने जनाएको थियो । सोही क्रममा शुक्रबार राति हावाहुरीसँगै लेटाङमा अधिक वर्षा मापन गरिएको हो ।

वर्षासँगै गएको बाढी, हावाहुरी र चट्याङका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ । सङ्खुवासभाको नुममा ४१ दशमलव ६ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ भने प्रदेश राजधानी विराटनगरमा १८ दशमलव ४ मिलिमिटर वर्षा भएको उल्लेख गरिएको छ ।

झापाको कन्काई क्षेत्रमा ३९ मिलिमिटर, दमकमा ३३ दशमलव ६ मिलिमिटर, मोरङको हरैंचामा ३८ दशमलव ६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

मुख्यगरी पहाडी क्षेत्रमा सडक अवरुद्ध हुने, विद्युत आपूर्ति अवरुद्ध हुने तथा सञ्चार सेवामा समस्या देखिएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?