- जनकपुरधाम रंगशालामा हुने प्रधानमन्त्री कपको उद्घाटन खेल वर्षाका कारण स्थगित हुने सम्भावना बढेको छ।
- फिल्ड भिजेकाले बिहान ९ बजे खेल सुरु हुन नसकेकोमा, पुनःवर्षा भएपछि खेल स्थगित भएको हो।
- मधेस प्रदेशमा धेरै खेल हुने तालिका भएता पनि वर्षाबाट खेल रोकिँदा टिमले १/१ प्वाईन्ट पाउनेछन्।
जनकपुरधाम- जनकपुरधाम स्थित निर्माणाधिन रामजानकी बहुउदेश्यीय अन्तर्राष्ट्रिय रंगशालामा हुने तय रहेको एक दिवसीय प्रधानमन्त्री कपको पहिलो खेल स्थगित हुने सम्भावना बढेको छ ।
शुक्रबार परेको पानीको कारण निर्धारित समयमा खेल सुरु नभएकोमा शनिबार पुनःवर्षा सुरु भएपछि आजको खेल स्थगित हुने सम्भावना बढेको छ ।
आज बिहान ९ बजे उद्घाटन खेल रहेकोमा वर्षाको कारण फिल्ड भिजेकाले ग्राउण्ड म्यनले सुकाउने काम गरिरहेकोमा पुनः वर्षा सुरु भएको हो ।
प्रतियोगिताका संयोजक अकाश पाण्डेले वर्षा नभएमा अभर घटाएर भएपनि पहिलो खेल गर्ने बताएकोमा पुनः वर्षा सुरु भएको हो । यस्तै, वीरगञ्जमा सुरु भएको खेल पनि वर्षाको कारण रुकेको हो ।
यस पटकको प्रधानमन्त्री कपको अधिकांश खेल मधेस प्रदेशमा हुने तालिका रहेको छ । मधेस प्रदेशको जनकपुरधाम र वीरगञ्ज तथा काठमाडौँमा खेल हुने तालिका रहेको छ ।
७ वटा प्रदेश टिम र ३ वटा विभागीय टिम सहभागी यस प्रतियोगितामा प्रत्येक टिमले ९/९ खेल खेल्नेछन् । आजको खेल स्थगित भएमा टिमहरुले १/१ प्वाईन्ट पाउने छन् ।
जनकपुरधाममा मधेस प्रदेश र कोशी प्रदेशबीच खेल हुने तालिका छ भने वीरगञ्जमा कर्णाली र लुम्बिनी प्रदेशबीच खेल हुने तालिका छ ।
जनकपुरधाममा खेल सुरु हुन सकेको छैन भने वीरगञ्जमा खेल सुरु भएपछि कर्णाली प्रदेशले ७ ओभरमा २० रन बनाएर खेल्दै गर्दा वर्षा हुन थालेपछि खेल रुकेको छ ।