वर्षाको कारण प्रधानमन्त्री कपको उद्घाटन खेल प्रभावित हुने अवस्थामा

वर्षाको कारण प्रधानमन्त्री कपको उद्घाटन खेल प्रभावित हुने अवस्थामा
+
-
देशसञ्चार AI सारांश
  • वर्षाका कारण जनकपुरधाममा आयोजना हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता प्रभावित भएको छ, उद्घाटन खेल पनि प्रभावित हुनेछ।
  • खेल स्थगन वा सञ्चालनबारे अधिकारिक निर्णय प्राविधिक टिमले मात्र दिने जनाइएको छ।
  • प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमसहित जम्मा १० टिमले सहभागिता जनाएका छन्।

जनकपुरधाम- वर्षाका कारण मधेस प्रदेशको राजधानी जनकपुरधाममा सुरु हुने भनिएको एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता प्रभावित हुने भएको छ ।

शुक्रबार आएको हावाहुरी तथा वर्षाका कारण निर्माणाधिन रामजानकी बहुउदेश्यीय अन्तर्राष्ट्रिय रंगशाला हिलाम्मे भएपछि खेल प्रभावित हुने भएको हो ।

जनकपुरधाम खेलस्थलका निर्देशक शोभाकान्त पाण्डेका अनुसार उद्घाटन खेलको सम्पूर्ण तयारी पुरा भइसकेको अवस्थामा हिजो पानी आएपछि खेल मैदान प्रभावित भएको छ । उनले उद्घाटन खेल होस भनेर बिहानै देखि पानी निकाल्ने काम भइरहेको बताए । पाण्डेका अनुसार आज खुने भनिएको खेल नहुने अवस्थामा रहेको छ ।

प्रतियोगिताका संयोजक अकाश पाण्डेले शनिबारदेखि सुरु हुने भनिएको मधेस–कोसीबीच हुने उद्घाटन खेल वर्षाका कारण प्रभावित भएको जानकारी दिए ।

खेल प्रभावित हुनेरनहुने विषय अधिकारिक रुपमा प्राविधिक टिमले जानकारी दिने पाण्डेले बताए ।

यस पटकको प्रधानमन्त्री अपको अधिकांश खेल मधेस प्रदेशमा भइरहेको छ । मधेस प्रदेशको जनकपुरधाम र वीरगञ्ज तथा काठमाडौँमा केही खेल हुने तालिका रहेको छ ।

यस प्रतियोगितामा सातवटै प्रदेश टिम र तीनवटा विभागीय टिम गरी १० वटा टिम सहभागी छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?