‘द पोएट आइडल जुनियर’का लागि डिजिटल अडिसन खुला: १८ वर्षसम्मका प्रतिभाले भाग लिन पाउने

‘द पोएट आइडल जुनियर’का लागि डिजिटल अडिसन खुला: १८ वर्षसम्मका प्रतिभाले भाग लिन पाउने
+
-
देशसञ्चार AI सारांश
  • नेपालको पहिलो कविता रियालिटी शो ‘द पोएट आइडल’ले बालबालिकाका लागि ‘द पोएट आइडल जुनियर’ घोषणा गर्दै डिजिटल अडिसन सुरु गरेको छ।

  • इच्छुक कविहरूले १८ वर्षसम्मको उमेर समूहमा आफ्नो मौलिक ‘भिडियो कविता’ पठाइ अडिसनमा भाग लिन सक्छन्।

  • प्रतियोगीहरूले तोकिएका नियम पालना गर्दै २०८२ चैत्र १५ गतेभित्र भिडियो ह्वाट्सएप वा इमेल गरी पठाउन सक्नेछन्।

काठमाडौँ — नेपालको पहिलो कविता सम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’ले बालबालिका तथा किशोर-किशोरीहरूका लागि ‘द पोएट आइडल जुनियर’ को घोषणा गर्दै डिजिटल अडिसन सुरु गरेको छ।

आयोजकले १८ वर्षसम्मका इच्छुक कविहरूबाट आफ्नै रचनाको ‘भिडियो कविता’ आह्वान गर्दै यो नयाँ सिजनको प्रक्रिया अघि बढाएको हो। दुईवटा सफल संस्करणको समापनपछि यस पटक कम उमेरका प्रतिभाहरूलाई लक्षित गरिएको निर्देशक तथा परिकल्पनाकार अमनप्रताप अधिकारीले जानकारी दिए।

प्रख्यात कवि क्षेत्रप्रताप अधिकारीको स्मृति र सम्मानमा उनका सुपुत्र अमनप्रताप अधिकारीले तीन वर्षअघि यो शोको निर्माण सुरु गरेका हुन्।

डिजिटल अडिसनमा सहभागी हुन चाहने नवप्रतिभाहरूका लागि केही मुख्य नियमहरू तोकिएका छन्:

  • उमेर समूह: सहभागीको उमेर १८ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ।
  • भिडियो मापदण्ड: कविता वाचन गरिएको भिडियो १ देखि ३ मिनेटसम्मको हुनुपर्ने र त्यसमा वाचन गर्नेको अनुहार प्रष्ट देखिनुपर्नेछ।
  • भाषा र मौलिकता: कविता पूर्ण रूपमा मौलिक हुनुपर्नेछ र यसमा कम्तीमा ८० प्रतिशत नेपाली भाषाको प्रयोग अनिवार्य गरिएको छ।

आफ्नो मौलिक कविता र वाचन कला प्रस्तुत गर्न चाहने प्रतियोगीहरूले ह्वाट्सएप नम्बर ९८०८११६६४४ वा इमेल thepoetidoljunior@gmail.com मार्फत आफ्नो भिडियो पठाउन सक्नेछन्।

डिजिटल अडिसनका लागि भिडियो पठाउने अन्तिम मिति २०८२ चैत्र १५ गते सम्म तोकिएको छ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?