मुक्तिक्षेत्रमा भारी हिमपात

मुक्तिक्षेत्रमा भारी हिमपात
+
-
देशसञ्चार AI सारांश
  • वारागुङ मुक्तिक्षेत्रका मुक्तिनाथ क्षेत्रमा छैटौँ पटक भारी हिमपात हुँदा स्थानीय डाँडाकाँडा सेताम्मे भएका छन्।
  • हिमपातका कारण चिसो अत्यधिक बढेकोले स्थानीय जनजीवन प्रभावित भएको व्यवस्थापकले जानकारी दिएका छन्।
  • माथिल्लो मुस्ताङमा हिमपात नरोकिने हो भने स्थानीयको दैनिकीमा थप प्रतिकूल असर पर्ने अनुमान छ।

मुस्ताङ – यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ। आज अपराह्न ४ः०० बजेदेखि मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो। मुस्ताङमा कात्तिक १० गतेयता हालसम्म छैटौँपटक हिमपात भएको छ।

वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ क्षेत्रका निरन्तर रूपमा भारी मात्रामा हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। हिमपातसँगै मुक्तिनाथ मन्दिर क्षेत्र आसपासका डाँडाकाँडा हिउँले सेताम्मे भइसकेको व्यवस्थापक भुसालले बताए।

मुक्तिनाथ मन्दिरमा बिहानपख बढी मात्रामा दर्शनार्थी हुने गरेको र हिमपात केहीबेर अघिमात्रै सुरु भएकाले दर्शनार्थीलाई खासै समस्या नपरेको व्यवस्थापक भुसालको भनाइ छ। हिमपातका कारण चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवन प्रभावित भएको व्यवस्थापक भुसालको भनाइ छ।

त्यसैगरी, मुक्तिनाथ क्षेत्रको मुक्तिनाथ, रानीपौवा, झारकोट, खिङ्गा, छेङ्गुर, पुडाक र झोङलगायतका स्थानमा बाँक्लो हिमपात भइरहेको जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिए। “मुक्तिक्षेत्रमा दिउँसोदेखि हिउँ पर्न थालेको छ, हिउँले मुक्ति क्षेत्र पूरै सेताम्मे भइसकेको छ”, अध्यक्ष ठकुरीले भने, “रातभरि हिउँ परेमा दुई फिट बढी हिउँ जम्ने देखिन्छ, हिउँले सडकसमेत अवरुद्ध हुनसक्ने सम्भावना छ।”

त्यसैगरी, माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि दिउँसोदेखि हिमपात भइरहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताए। हिमपात नरोकिएमा माथिल्लो मुस्ताङका सबै भाग हिउँले ढाकिने बताउनुभयो। हिमपातसँगै माथिल्लो मुस्ताङमा चिसो बढेका कारण स्थानीयको दैनिकीमा प्रतिकूल असर पुर्याएको एक्याप प्रमुख पौडेलको भनाइ छ।

त्यस्तै, मुस्ताङका तल्लो क्षेत्र थासाङ गाउँपालिका र घरपझोङ गाउँपालिका क्षेत्रका उच्चलेकमा आंशिक हिमपात भइरहेको र बस्ती क्षेत्रमा दिउँसोदेखि निरन्तर वर्षा भइरहेको जनाइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?