एभरेष्ट बैंकद्वारा २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक

एभरेष्ट बैंकद्वारा २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • एभरेष्ट बैंकले नेपालको ऐतिहासिक, सांस्कृतिक, पर्यटन र पुरातात्विक महत्वलाई समेटेर नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ।
  • “नेपालको विकास यात्रा: नवप्रवर्तनका आयामहरू” शीर्षकको क्यालेन्डरले नेपालको महत्वपूर्ण विकासक्रमलाई प्रस्तुत गरेको छ।
  • एभरेष्ट बैंकले देशभर १३३ शाखा, १६३ एटिएम र अन्तर्राष्ट्रिय कार्यालयहरूबाट सेवा प्रदान गरिरहेको छ।

काठमाडौं — एभरेष्ट बैंक लिमिटेडले आफ्नो गौरवमय परम्परालाई निरन्तरता दिँदै वि.सं. २०८३ सालको नयाँ कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ ।

बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्वका विषयवस्तुहरूलाई समेटेर क्यालेन्डर प्रकाशन गर्दै आएको छ । यस वर्षको क्यालेन्डरको मुख्य विषयवस्तु “नेपालको विकास यात्रा: नवप्रवर्तनका आयामहरू” रहेको छ, जसले उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको महादेशीय दृष्टिकोणले महत्त्वपूर्ण विकासक्रमलाई प्रस्तुत गरेको छ ।

एक विशेष समारोहका बीच बैंकको सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले उक्त क्यालेन्डर सार्वजनिक गर्नुभएको हो । सो कार्यक्रममा बैंकका सञ्चालकहरू लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

बैंकले आफ्नो यस प्रकाशनमार्फत नेपालको ऐतिहासिक र विकासवादी गौरवलाई उजागर गर्ने प्रयास गरेको छ ।

हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको एभरेष्ट बैंकको देशैभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

बैंकले अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधाहरूका साथै नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ वटा केन्द्रबाट सेवा दिइरहेको छ ।

साथै, बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि प्रतिनिधि कार्यालय स्थापना गरी आफ्नो सेवा विस्तार गरेको छ ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?