माेरङ – जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार चल्नसक्ने तीव हावाहुरी र वर्षाबाट सतर्क रहन अपिल गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार जल तथा मौषम विज्ञान विभागबाट जारी मौषम पूर्वानुमान अनुसार शनिबार प्रदेश राजधानी विराटनगरमा तीव्रगतिमा हावाहुरी चल्नसक्ने हुँदा सतर्क रहन आपिल गरेका हुन्।
शुक्रबार विज्ञप्ती जारी गर्दै उनले हावाहुरी करिब १ सय १९ किलोमिटर प्रतिघण्टाको वेगमा आउनसक्ने हुँदा रुख, कमजोर संरचना ढल्नसक्ने, छाना उडाउन सक्ने तथा विद्युत तथा सञ्चार सेवा प्रभावित हुनसक्ने हुँदा जोखिम रहेको उल्लेख गरेका छन्। यस अवधिमा प्रशासन कार्यालयले विशेष काम नपरी यात्रामा ननिस्कन समेत आह्वान गरेको छ।
यसक्रममा सवारी साधान चलाउने अवस्थामा समेत ध्यान दिन आवश्यक रहेको बताएको कार्यालयले अग्लो रुख, टेलिफोन विजुलीको खम्बा, लत्रिएको तार तथा नाङगो तार नछुन समेत आग्रह गरेको छ। यस अवस्थामा भीडभाड भन्दापनि सुरक्षित रुपमा बस्न आग्रह गरिएको छ।