- हुम्लाका सात गाउँपालिकाका ५८ खोप केन्द्रमा १० देखि १४ वर्ष उमेरका किशोरीलाई एचपिभी खोप दिने तयारी छ।
- चैत्र १० देखि १५ गतेसम्म ५८ विद्यालयमा अध्ययनरत ७१३ किशोरीलाई एचपिभी खोप लगाउने कार्यक्रम छ।
- स्वास्थ्यकर्मी र दुई स्वयमसेवक परिचालन गरिने यो खोप कार्यक्रममा ९४० डोज भ्याक्सिन आइसकेको छ।
हुम्ला – हिमाली जिल्ला हुम्लाका सात वटा गाउँपालिकाका ५८ वटा खोप केन्द्रमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर (एचपिभी) बिरुद्ध खोप लगाईने भएको छ। चैत्र १० गतेबाट १५ गतेसम्म जिल्लाभरका खोप केन्द्रहरुमा सो खोप लगाउन लागिएको हो।
उिक्त खोप बारे जिल्ला खोप समन्वय समितिका सदस्य र सञ्चारकर्मीका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा जिल्लाका ५२ वटा खोप केन्द्रमा ७१३ जजना किशोरीहरुलाई एचपिभी खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
खोप कार्यक्रम पाँच दिनसम्म सञ्चालन गरिने छ। उमेर समुहमा दशदेखि चौध वर्षका कक्षा छ देखि दशसम्म अध्ययनरत किशोरीरुलाई सो खोप लगाईने छ। गाउँपालिका अनुसार नाम्खा गाउँपालिकामा २३ जना, सिमकोटमा १५९ जना, खार्पुनाथमा ११० जना, सर्केगार्डमा १२७ जना, चंङ्खेलीमा ७२ जना, अदानचुलीमा १०७ जना र ताँजाकोट गाउँपालिकामा ११५ जना किशोरीलाई सो खोप लगाईनेछ।
जिल्लामा ५८ वटा विद्यालयमा अध्ययनरत उक्त उमेर समुहका किशोरीहरुलाई खोप लगाउन लागिएको हो। यता नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको खोप केन्द्रमा भने उक्त लक्षित वर्गकी किशोरी रहनु भएको छैन। यो खोप लगाउनका लागि एक जना स्वास्थ्यकर्मी र दुई जना स्वयमसेवकहरु परिचालन गरिनेछ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा, उपप्रमुख दलु फडेरा, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, प्रमुख जिल्ला अधिकारी टेककुकार रेग्मी, गुल्मपति हरिबावु श्रेष्ठ लगाएतका सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीहरुको उपस्थिति थियो। विद्यालय बाहिर रहेकी किशोरीको हकमा भने यो खोप कार्यक्रम सम्पन्न भएपछि स्वास्थ्य चौकीमा लगाईनेछ। यसका लागि ९४० डोज भ्याक्सिन जिल्लामा आइसकेको छ।