नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध
+
-
देशसञ्चार AI सारांश
  • नेपाल टेलिकमले प्रिपेड रोमिङ सेवा विस्तार गरी यो सुविधा अब विश्वका ६२ देशमा उपलब्ध गराएको छ।
  • कम्पनीले लाटभिया, स्लोभेनिया, टर्की, ताइवान, र अन्य देशमा नयाँ सम्झौतासँगै सेवा क्षेत्र बढाएको हो।
  • भारत बाहेक अन्य देशहरूमा प्रिपेड रोमिङ स्वतः सुचारु हुने भए पनि भारतमा म्यानुअल रूपमा नेटवर्क छान्नुपर्नेछ।

काठमाडौँ- नेपाल टेलिकमले आफ्नो प्रिपेड रोमिङ सुविधालाई थप विस्तार गर्दै विश्वका ६२ देशमा पुर्‍याएको छ । कम्पनीले ती देशका कुल ८९ सेवा प्रदायकहरूसँग सम्झौता गरी यो सेवा उपलब्ध गराएको हो ।

चालु आर्थिक वर्षको साउन महिनायता लाटभिया, स्लोभेनिया, टर्की, ताइवान, घाना, रोमानिया र लाओसका साथै पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवा प्रदायकहरूसँग नयाँ सम्झौता गरिएपछि यो सेवाको दायरा बढेको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले विदेशमा रहँदा भ्वाइस, डाटा र एसएमएस सुविधा प्रयोग गर्न सक्नेछन् ।

टेलिकमका अनुसार भारत बाहेकका अन्य उल्लेखित देशहरूमा प्रिपेड प्रयोगकर्ताका लागि रोमिङ सेवा स्वतः सुचारु हुने व्यवस्था गरिएको छ । भारतको हकमा भने ग्राहकले आफ्नो मोबाइलबाट *1415*7# डायल गरी मेनुबाट ‘Roaming’ विकल्प छान्नुपर्ने हुन्छ ।

पोस्टपेड प्रयोगकर्ताहरूले भने यो सेवा सुचारु गर्न मोबाइलमा कम्तिमा पाँच हजार रुपैयाँ ब्यालेन्स कायम राख्नुपर्नेछ । यदि कोही ग्राहक नेपालमा सेवा सक्रिय नगरी विदेश पुगेका छन् भने उनीहरूले टेलिकमको वेबसाइटबाट फारम डाउनलोड गरी आवश्यक कागजातसहित roaming.support@ntc.net.np मा इमेल गरेर पनि सेवा सुचारु गराउन सक्नेछन् ।

विदेशमा रहँदा सामान्यतया मोबाइल स्वचालित रूपमा स्थानीय नेटवर्कमा कनेक्ट हुन्छ, तर भारतमा भने प्रिपेड र पोस्टपेड दुवै प्रयोगकर्ताले म्यानुअल रूपमा नेटवर्क चयन गर्नुपर्ने टेलिकमले जनाएको छ । अन्य देशमा पनि स्वतः कनेक्ट नभएमा मोबाइल सेटिङमा गई आफैं नेटवर्क खोज्न सकिनेछ ।

विदेश जाने वा बस्ने नेपालीहरूका लागि लक्षित यो सेवालाई आगामी दिनमा अन्य देशहरूमा पनि क्रमशः विस्तार गर्दै लैजाने कम्पनीको योजना छ ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?