याडियाद्वारा आकर्षक अफरसहित “चैत्र मेगा एक्सचेन्ज कार्निभल”को घोषणा

याडियाद्वारा आकर्षक अफरसहित “चैत्र मेगा एक्सचेन्ज कार्निभल”को घोषणा
+
-
देशसञ्चार AI सारांश
  • कुजु नेपालले ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ नामक अभियान मार्फत विद्युतीय सवारी तर्फको रूपान्तरणलाई तीव्रता दिन चाहन्छ।
  • ग्राहकहरूले याडिया ओविन र याडिया इ८एस प्रो मोडेलमा १५,००० रुपैयाँ एक्सचेन्ज बोनस पाउनेछन्।
  • बढ्दो इन्धन मूल्य र सचेतनाका बीच यो अभियानले किफायती र वातावरणमैत्री यातायातमा ध्यान केन्द्रित गर्ने अपेक्षा छ।

काठमाडौँ- नेपालका लागि याडिया (Yadea) को आधिकारिक वितरक कुजु नेपाल प्रालिले “चैत्र मेगा एक्सचेन्ज कार्निभल” नामक नयाँ अभियान सार्वजनिक गरेको छ ।

काठमाडौंमा चैत्र ४, २०८२ मा घोषणा गरिएको यो विशेष मेला चैत्र ४ गतेदेखि सुरु भई चैत्र ११ गतेसम्म सञ्चालन हुनेछ । यो सीमित अवधिको योजनाले नेपालमा स्मार्ट इलेक्ट्रिक मोबिलिटी (विद्युतीय सवारी) तर्फको रूपान्तरणलाई थप तीव्रता दिने लक्ष्य राखेको छ ।

यस कार्निभल अन्तर्गत ग्राहकहरूले विशेष लाभ प्राप्त गर्न सक्नेछन्। विशेष गरी याडिया ओविन (Yadea Owin) र याडिया इ८एस प्रो (Yadea E8S Pro) मोडेलहरूको खरिदमा ग्राहकले १५,००० रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।

यसका साथै, विद्युतीय सवारी साधनलाई थप पहुँचयोग्य बनाउन मासिक ३,९९९ रुपैयाँदेखि सुरु हुने सस्तो ईएमआई (EMI) सुविधा समेत उपलब्ध गराइएको छ, जसले ग्राहकहरूलाई सहजै इलेक्ट्रिक स्कुटर रोज्न सहयोग पुर्‍याउनेछ ।

विश्व बजारमा लगातार ९ वर्षसम्म बिक्रीको आधारमा पहिलो स्थान कायम राख्न सफल याडियाले नेपालमा पनि उच्च प्रदर्शन गर्ने ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको छ ।

कुजु नेपालका अनुसार, बढ्दो इन्धनको मूल्य र वातावरणीय सचेतनाका बीच यो अभियानले ग्राहकहरूलाई किफायती र वातावरणमैत्री यातायातका साधनतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ । यो अफर नेपालभर रहेका सबै याडिया शोरुमहरूमा उपलब्ध छ ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?