कर्णालीबाट ३८ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै

कर्णालीबाट ३८ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै
+
-
देशसञ्चार AI सारांश
  • चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार ३७९ विद्यार्थी सहभागी हुनेछन्।
  • सुर्खेतका सबैभन्दा बढी नौ हजार ७७९ विद्यार्थी परीक्षामा सामेल हुँदाका साथै डोल्पाबाट सबैभन्दा कम विद्यार्थी छन्।
  • कर्णाली प्रदेशका विभिन्न जिल्लामा कुल १६१ परीक्षा केन्द्र तोकिएका छन्, जसमा सुर्खेतमा ३४ केन्द्र छन्।

कर्णाली- यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी सहभागी उक्त परीक्षामा सहभागी हुन थालेको शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी एवं परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालले जानकारी दिए ।

उनले भने, “परीक्षामा सबैभन्दा बढी विद्यार्थी सुर्खेतका नौ हजार ७७९ संलग्न हुनेछन् । सबैभन्दा कम डोल्पाबाट ६७४ विद्यार्थी रहेका छन्, जहाँ परीक्षा केन्द्रमात्र चार छन् ।”

त्यस्तै दैलेखबाट छ हजार २५३, जाजरकोटबाट चार हजार ८१३, सल्यानबाट चार हजार १४२, रुकुमपश्चिमबाट तीन हजार ९२२ र कालीकोटबाट तीन हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा प्रमुख ढकालले बताए ।

उनका अनुसार जुम्लबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी परीक्षामा भाग लिनेछन् ।

सुर्खेतमा ३४, दैलेखमा २२, कालीकोटमा २०, सल्यानमा १९, जाजरकोटमा र रुकुमपश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा नौ, हुम्लामा सात र डोल्पामा चार परीक्षा केन्द्र रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?