विराटनगरमा चैत्र १२–१६ गतेसम्म घरनिर्माण प्रदर्शनी हुने

विराटनगरमा चैत्र १२–१६ गतेसम्म घरनिर्माण प्रदर्शनी हुने
+
-
देशसञ्चार AI सारांश
  • घर निर्माण प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित सम्पूर्ण मूल्य श्रृंखला एउटै छानामुनि ल्याउने प्रयास गरिएको छ।
  • प्रदर्शनीले निर्माण क्षेत्रका नेपाली उत्पादन तथा सेवाको प्रवद्र्धन र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
  • घर निर्माणबारे जनचेतना अभिबृद्धि गर्न चैत्र १२ देखि १६ सम्म ७५ भन्दा बढी स्टलहरू प्रदर्शनीमा प्रस्तुत हुनेछन्।

माेरङ – घर निर्माणदेखि घर निर्माणमा आवश्यक कच्चा पदार्थ र त्यसको प्रयोगबारे जानकारी दिने उद्धेश्यसहित विराटनगरमा घर निर्माण प्रदर्शनी हुने भएको छ।

विहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदर्शनीका संयोजक सुरेन्द्र गोल्छाले क्षेत्र विशेषलाई चलायमान बनाउने हेतुले यसप्रकारको प्रदर्शनी गर्न लागिएको बताए।

उद्योग संगठन मोरङको आयोजनामा हुने प्रदर्शनीमा घरनिर्माणको विषय उपभोक्तहरु जानकारी लिनसक्ने गोल्छाले उल्लेख गरे। विराटनगरमा पहिलोपटक यस विषयको प्रदर्शनी गरिन लागिएको बताएका संयोजक गोल्छाले घरनिर्माण क्षेत्रसँग सम्बन्धित सम्पूर्ण मूल्य श्रृङखलालाई एउटै छानामुनि ल्याउने प्रयास गरिएको जिकिर गरे।

पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले विषयगत प्रदर्शनीको आवश्यक्ता अनुसार पहिलोपटक घर निर्माण र यसका विभिन्न पाटामा जोडिएर काम गर्न लागिएको बताए।

निर्माण क्षेत्रका नेपाली औद्योगिक उत्पादन तथा सेवाको प्रवद्र्धन, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अभिप्रायका साथ हुने प्रदर्शनीमा घरनिर्माणसंगै आन्तरिक सजावटका सामाग्रीसमेत प्रस्तुत गरिने अध्यक्ष राठीले जानकारी दिए। उनका अनुसार प्रदर्शनीले संकुचित बजारको अवस्थालाई यस क्षेत्रको प्रवर्धनका माध्यमबाट चलायमान बनाउन सकिने अपेक्षा गरिएको हो। अध्यक्ष राठीले भने, ‘हरेक मानिसको घर बनाउने सपना हुन्छ। परिवार छातामुनी राख्ने। तर, धेरैले जानकारीविना नै घर बनाउने हुँदा पछि गएर विभिन्न समस्या देखिने गरेको छ। यस विषयमा जनचेतनाको आवश्यक्ता अधिक रहेको हाम्रो बुझाई हो। त्यसै अनुरुप प्रदर्शनमा सबै उपभोक्ताको सहभागिता हुने विश्वास समेत छ।’

प्रदर्शनीमा नेपाली उत्पादन, निर्माण सामाग्रीदेखि सेवा प्रवद्र्धन, गुणस्तर र दिगोपनको निर्माण, उपभोक्तामा सचेतना अभिबृद्धि गर्ने लक्ष्य राखिएको संगठनले जनाएको छ। प्रदर्शनी चैत्र १२ गतेबाट १६ गतेसम्म हुने पत्रकार सम्मेलनमा जनाइएको छ। जहाँ विभिन्न कम्पनीको ७५ भन्दा बढी स्टलहरू रहने संगठनले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?