‘ब्रेन ड्रेन टु ब्रेन गेन’ अभियानअन्तर्गत ‘कीर्तिनारी’लाई हिमानी ट्रष्टको २५ लाख सहयोग (तस्बिरहरू)

‘ब्रेन ड्रेन टु ब्रेन गेन’ अभियानअन्तर्गत ‘कीर्तिनारी’लाई हिमानी ट्रष्टको २५ लाख सहयोग (तस्बिरहरू)
+
-

काठमाडौँ – नेपाली युवाहरूको बढ्दो विदेश पलायनलाई मध्यनजर गर्दै स्वदेशमै रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले हिमानी ट्रस्टले ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ अभियानलाई निरन्तरता दिएको छ।

यस अभियानअन्तर्गत, ट्रस्टले कीर्तिपुरमा सञ्चालित ‘कीर्तिनारी’ लघु उद्योग तथा तालिम केन्द्रसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। उक्त संस्था केराको रेसाबाट विभिन्न सामग्री उत्पादन गर्दै आएको छ।

सम्झौताअनुसार, हिमानी ट्रस्टले ‘Revolving Micro Seeding’ अवधारणाअन्तर्गत कीर्तिनारी संस्थालाई व्यापार तथा व्यवसाय विस्तारका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ। पूर्वयुवराज्ञी हिमानी शाहको उपस्थितिमा बिहीबार आर्थिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। यस सहयोगले स्थानीय स्तरमै स्वरोजगार सिर्जना, सीप विकास तथा उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसअघि, ट्रस्टले २०८२ साल साउन १७ गते ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम आयोजना गर्दै युवाहरूलाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्ने अभियान सुरु गरेको थियो।

हिमानी ट्रस्टका अनुसार, यस्ता कार्यक्रमहरूले युवालाई विदेश पलायन हुनबाट रोक्दै नेपालमै उद्यमशीलता विकास गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ। साथै, स्थानीय स्रोत र सीपको सदुपयोग गर्दै आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने लक्ष्य राखिएको छ।  

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?