अ
+
अ
अ
-
काठमाडौँ– कवि तथा गायक सुरेश राईको शब्द, संगीत र स्वर रहेको नयाँ गीत ‘माया गर्छु नि हौ तिमीलाई’ सार्वजनिक भएको छ।
‘सुरेश राई एन्ड द शफायर’को सहकार्यमा तयार भएको यस गीतको एरेन्जमेन्ट देवेश राईले गरेका हुन् ।
गीत चैत ४ गते बुधबार ‘सुरेश राई एन्ड द शफायर’ को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । नि:स्वार्थ प्रेमको भाव बोकेको उक्त गीत ‘रङ्कासु स्टुडियो’ मा रेकर्ड गरिएको थियो ।
गीतको म्युजिक भिडियो वेदना राईले निर्देशन गरेकी हुन् । भिडियोमा जीवन भट्टराई, द शफायर र सन्जय थुलुङ राईको अभिनय देख्न सकिन्छ । पोस्ट–प्रोडक्सनको काम ‘पुमा फिल्म्स’ र ‘छड्के टोपी आर्ट्स’ले गरेका छन् ।
राईको यसअघि कविता संग्रह ‘सम्झनाको फोटोकपी’ (२०८०) प्रकाशित भइसकेको छ ।
भिडियो: