नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार
+
-
देशसञ्चार AI सारांश
  • नेपाल टेलिकमले आफ्नो प्रिपेड रोमिङ सेवा विस्तार गर्दै अब ६२ देशमा उपलब्ध गराएको छ।
  • रोमिङ सेवामार्फत ग्राहकले विदेशमा रहँदा भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्।
  • प्रिपेड प्रयोगकर्तालाई भारत बाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सक्रिय हुन्छ, तर भारतमा विशेष प्रक्रिया आवश्यक छ।

काठमाडौँ- नेपाल टेलिकमले आफ्नो प्रिपेड रोमिङ सेवा विस्तार गर्दै अब ६२ देशमा उपलब्ध गराएको जनाएको छ। कम्पनीकाअनुसार यस सेवाका लागि विभिन्न देशका ८९ सेवा प्रदायकसँग सम्झौता सम्पन्न गरिएको छ।

चालु आर्थिक वर्षको साउनपछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान (आरओसी), घाना, रोमानिया र लाओसका सेवा प्रदायकसँग नयाँ सम्झौता भएको छ। साथै पाकिस्तान, बेलारुस र श्रीलंकामा पनि थप सेवा प्रदायकसँग सहकार्य विस्तार गरिएको कम्पनीले जनाएको छ।

यसअघि नै अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, भारत, जापान, यूके, यूएसए लगायतका विभिन्न देशमा रोमिङ सेवा उपलब्ध थियो। अहिले थप देश समेटिँदै सेवा क्षेत्र विस्तार भएको हो।

रोमिङ सेवामार्फत ग्राहकले विदेशमा रहँदा भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्। कम्पनीले आगामी दिनमा अझ बढी देशमा यो सेवा विस्तार गर्ने योजना रहेको जनाएको छ।

नेपाल टेलिकमका अनुसार प्रिपेड प्रयोगकर्ताका लागि भारत बाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सक्रिय हुन्छ। भारतका लागि भने प्रयोगकर्ताले मोबाइलबाट *1415# डायल गरी ‘Roaming’ विकल्प छान्नुपर्ने हुन्छ। पोस्टपेड प्रयोगकर्ताका हकमा कम्तीमा पाँच हजार रुपैयाँ ब्यालेन्स आवश्यक पर्ने व्यवस्था गरिएको छ।

विदेश जानुअघि सेवा सक्रिय नगरेका प्रयोगकर्ताले विदेशमै बसेर पनि इमेलमार्फत अनुरोध गरी सेवा सक्रिय गर्न सक्ने सुविधा उपलब्ध रहेको छ।

कम्पनीका प्रवक्ता रविन्द्र मानन्धरले विदेश जाने नेपालीका लागि यो सेवा अत्यन्त उपयोगी रहेको बताएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?