अ
+
अ
अ
-
काठमाडौँ- गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० सांसदलाई निर्वाचन आयोगले प्रमाणपत्र वितरण सुरु गरेको छ।
सार्वजनिक सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेकपा का ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाका ४/४ जना सांसद निर्वाचित भएका छन्।
आयोगले आजै निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ। यसपछि संविधानअनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ।
तस्बिरहरू:

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।