अ
+
अ
अ
-
धनगढी- कैलालीको गोदावरीमा एक जनाले श्रीमतीको हत्या गरेर आफूमाथि समेत गोली चलाएका छन् ।
गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला श्रीमती २८ वर्षीया संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
कैलालीका निमित्त प्रमुख योगेन्द्र तिमिल्सिनाले श्रीमान श्रीमतीबीच विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानी हत्या गरेको बताए ।
श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफूलाई गोली हानेका थिए । घाइते अवस्थाका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उनकी श्रीमतीको शव भने घटनास्थलमै रहेको छ । माइती पक्ष पुगेपछि मात्र शव उठाइने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।